गर्मीमा खुट्टाबाट जुत्ताको गन्ध आउने समस्याको समाधान घरमै...

२०७४ बैशाख २३ गते १७:५२ मा प्रकाशित


bad-odor२३ बैशाख । गर्मीमा देखा पर्ने अर्को एउटा समस्या हो जुत्ताबाट आउने गन्ध । अफिस होस् या घर जुत्ताबाट खुट्टा निकाल्दा वित्तिकै नराम्रो गन्ध आउँन थाल्छ । कतिपय अवस्थामा आफ्नो गन्हाउने जुत्तादेखि आफै लज्जित हुनुपर्ने हुन्छ । खुट्टाबाट आउने त्यस्तो गन्धलाई ब्रोमिहाइड्रोसिस पनि भनिन्छ । यस्तो समस्या शरिरमा हुने विभिन्न ब्याक्टेरियाको कारणले हुन सक्छ । त्यसैले यसको समस्या समाधानका लागि यी तरिका अपनाउनुस् ।

१. बेकिंग सोडा खुट्टाबाट आउने गन्ध हटाउन बेकिंग सोडा अति उपयोगी मानिन्छ । यसले पसिनाको पिएच लेवल सामान्य राखी ब्याक्टेरियालाई नियन्त्रण गर्दछ । हल्का तातोपानीमा बेकिंग सोडालाई मिसाएर १५ देखि २० मिनेटसम्म खुट्टा पानीमा डुवाउनाले समस्या हटेर जान्छ ।

२. वास्नादार तेल यसले वास्ना दिने मात्र नभई ब्याक्टेरिया मार्नमा समेत सहयोग गर्दछ । हल्का तातो पानीमा केहि थोपा तेल मिसाएर केहि समयसम्म खुट्टामा लगाइराख्नाले गन्ध हट्दै जान्छ ।

३.फिटकिरी यसमा एन्टि सेफ्टिक गुण हुन्छ । जसले व्याक्टेरियालाई रोकी खुट्टाको गन्ध हटाउछ । एक चम्चा फिटकिरी पाउडरलाई एक जग पानीमा मिसाएर खुट्टा धुनाले एकैछिनमा गन्ध हट्छ ।

४. नुन यसले पसिनाबाट हुने संक्रमणलाई रोक्दछ । यसलाई फिटकिरि सरह प्रयोग गर्न सकिन्छ ।

५. अदुवा अदुवाको रसले खुट्टामा मालिस गर्नाले गन्ध हटेर जान्छ ।

६. र सबैभन्दा सजिलो र उत्तम उपाय जुत्ता प्रयोग गरिसकेपछि खुट्टा धुने हो । र नियमित जुत्ता अनि मोजा धुने गर्नुस्।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...