संगीताले सलमान र सोमीलाई रंगेहात समातेपछि...

२०७४ बैशाख २६ गते १६:५१ मा प्रकाशित


Salman-Somii२६ बैशाख । बलिउड अभिनेता सलमान खान गर्लफ्रेण्ड फेर्न माहिर छन् । उनको जीवनमा कति केटीहरु आए आए । आजकाल त सलमानले मोजमस्तिका लागि मात्रै गर्लफ्रेण्ड बनाउने गरेको देखिन्छ । तर, विगतमा उनी एउटी सुन्दरीसँगको प्रेममा चुर्लुम्मै डुबेका थिए । ती सुन्दरी थिइन् संगीता बिजलानी ।

संगीतासँगको प्रेममा सलमान निकै सिरियस थिए । उनीहरुको बिहे गर्नेसम्मको कुरा चलेको थियो । चर्चा के छ भने उनीहरुको बिहेको निमन्त्रणा कार्ड समेत छापिसकिएको थियो ।

तर, यही बीचमा आइन् सोमी अली । उनी सलमान खान भनेपछि हुरुक्क हुन्थिन् । सलमानलाई पाउनकै लागि उनी फ्लोरिडाबाट भारत आएकी थिइन् । छोटो समयमै उनी सलमानको मन जित्न सफल पनि भइन् ।

सुरुमा संगीता उनीहरुको हिमचिमप्रति बेखबर थिइन् । जब उनको कानमा यो खबर पुग्यो, उनको होस ठेगानामा रहेन । सलमान र सामीबीचको सम्वन्ध उनलाई पाच्य भएन । उता सलमानप्रति सोमीको समर्पण बढ्दै गइरहेको थियो । तर बिहेका लागि कार्ड समेत छापिइसकेकाले संगीता सलमानलाई पाउनेमा अझै आशावादी थिइन् ।

तर एक दिन उनले सलमान र सोमीलाई रंगेहात समातिन् । यसको खुलासा सलमानले करण जौहरको च्याट शोमा गरिसकेका छन् । त्यही दिनदेखि संगीता सलमानको जिन्दगीबाट टाढा भइन् ।

You may also Like this

थप समाचार

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण
विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...