सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

२०७५ बैशाख ५ गते ११:०८ मा प्रकाशित


Salman_Khan_bollywood

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सलमानलाई धरौटीमा रिहा गरेको जोधपुर सेशन कोर्टले मंगलबार विदेश जाने अनुमति दिएको हो। 

सलमानले अमेरिका, क्यानडा र नेपालसहित चार देशमा प्रस्तुतिका लागि जानुपर्ने भन्दै अदालतसमक्ष अनुमतिका लागि निवेदन दिएका थिए। अदालतले उनको अनुरोध स्वीकार गर्दै नेपालसहित चार देश जाने अनुमति दिएको भारतीय समाचार संस्था एएनआईले ट्वीटरमार्फत जानकारी दिएको छ।

जोधपुरको २० वर्ष पुरानो कृष्णसार शिकार मामिलामा स्थानीय अदालतले उनलाई ५ वर्षको जेल र १० हजार जरिवाना सुनाएको थियो। फैसलापछि उनी ३ दिन जेल बसेका थिए। उनलाई सेशन कोर्टले ५० हजार धरौटीमा रिहा गरेको थियो। 

किन आउँदैछन नेपाल ?

ओडिसी इटरनेशनलले आयोजना गरेको ‘दबंग द टुर’ नामक कार्यक्रममा प्रस्तुती दिन सलमान नेपाल आउन लागेका हुन्। उनी मे २५ मा काठमाडौं आउने बताइएको छ। २६ मे अर्थात जेठ १२ गते यो कार्यक्रम हुँदैछ। 

यसअघि १० मार्चमा हुने भनिएको कार्यक्रम नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विरोध जनाएपछि स्थगित भएको थियो भने सलमानको नेपाल भ्रमण पनि रोकियो।

जेठ १२ गते हुने कार्यक्रममा सलमानका साथमा सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, डेजी शाह, मिट ब्रदर लगायतका कलाकार नेपाल आउने आयोजक ओडिसी इटरनेशनलले जनाएकाे छ।

You may also Like this

थप समाचार

‘राजा मामा’को निधन
‘राजा मामा’को निधन

काठमाडौं । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँम ...

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)
नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)

काठमाडौँ । केशब पौडेलको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा आएको छ । गायिका देबी घर्ति र गायक बिक्रम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...