७ बैशाख । चलचित्रको प्रचार शैली निक्कै महंगो हुन थालेको छ, बलिउड नायकका लागि । चलचित्र प्रदर्शनको बेला आमिर खानले नयाँ(नयाँ फण्डा देखाउन थालेपछि अन्य कलाकार समेत प्रचारको नयाँ शैली खोज्नमा ब्यस्त छन् ।
पछिल्लो समय नायक सलमान खानले पनि नयाँ चलचित्रको पोष्टर फरक शैलीको बनाएका छन् । सलमान अभिनित नयाँ चलचित्र ‘ट्युबलाइट’को फस्टलुक रिलिज भए लगत्तै चलचित्रभित्र सलमानको चरित्र के भनेर अहिले टिप्पणी सुरु भएको छ । पछिल्लो समय जारी पोष्टरमा चेक सर्ट लगाएका सलमानले हाफ स्वीटर लगाएका छन् भने कसैलाई स्यालुट गरेका छन् । अनि काँधमा दुईवटा जुत्ता झुण्डिएको छ ।
चलचित्रको पोष्टरको विषयमा दर्शकमा कौतुहलता भएपनि चलचित्रको सफलतावारे अहिल्यै अनुमान गर्न गार्हो छ ।कविर खानले निर्देशन गरेको यो चलचित्रले भारत र चीनको कथालाई उठान गरेको छ । चलचित्रको ट्रेलर केही दिनमै सार्वजनिक हुनेछ । सलमानको घाँटीमा जुत्ताको माला सहितको पोष्टर सार्वजनिक भएपछि अहिले यसले चर्चा पाएको छ ।
काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...
स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...
२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...
काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...