यस वर्ष पनि पाठ्यपुस्तक अभाव हुने, साझाको प्रचार बढी, काम कम

२०७३ चैत्र ३१ गते ०७:०१ मा प्रकाशित


book३१ चैत, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ । शैक्षिक सत्रको सुरुमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ ।

केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नहुने दाबी गरे । तर, सबै पुस्तक चैत मसान्तमा छपाइ नसकिने अवस्था रहेको उनको भनाइ छ ।


नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्म कुल एक करोड ७५ लाख थान पाठ्यपुस्तक आवश्यक हुने निर्धारण गरिएको छ । तर, शुक्रबारसम्ममा एक करोड २८ लाख थान पुस्तक मात्र उत्पादन सकिएको निर्देशक पोखरेलले जानकारी दिए ।

जनक शिक्षा सामग्री केन्द्रको सेक्युरिटी प्रेसमा स्थानीय निर्वाचनका लागि मतपत्र छपाइको काम भएको छ । पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी प्रेसलाई दिइएको छ ।

सेक्युरिटी प्रेसमा पुस्तक छपाइ गर्न नपाएपछि १५ लाख पुस्तक छपाइको जिम्मा निजी प्रेसलाई दिइएको केन्द्रले जनाएको छ । काठमाडौंका दुई र विराटनगरका तीन निजी प्रेसलाई पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिइएको हो । निजी प्रेसले चैत मसान्तसम्म तोकिएको परिमाणमा पुस्तक छापिसक्ने अपेक्षा रहेको केन्द्रका निर्देशक कपिल पोखरेलले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

अफगानिस्तानले दियो नेपाललाई १९६ रनको टार्गेट
अफगानिस्तानले दियो नेपाललाई १९६ रनको टार्गेट

१०, साउन, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ । यसअघि टस जितेर पहिले ब्याटि ...

मुद्दामा अनावश्यक दुःख दिए झगडियाबाटै खर्च भराइने !
मुद्दामा अनावश्यक दुःख दिए झगडियाबाटै खर्च भराइने !

काठमाडौं, साउन १० । अनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःख÷हैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने भ ...

हिउँदमा लोडसेडिङ फर्किदैं
हिउँदमा लोडसेडिङ फर्किदैं

काठमाडौं, साउन १० । आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सार ...

जीप दुर्घटना, चारजनाको ज्यान गयो
जीप दुर्घटना, चारजनाको ज्यान गयो

९ साउन । बाग्लुङको बडीगाड गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...