साहित्यले समाज बदल्नका निम्ति चेताको सम्प्रेशण गर्न सक्छः साहित्यकार डा. ज्ञवाली

२०७३ साउन ९ गते १८:४९ मा प्रकाशित


साहित्य भावनाको भङ्गालो मात्र हैन मन र मस्तिष्कको अनुभूति पनि हो अनि भूगोल समय र समाजको यथार्थ तस्विर हो । यसै पेरिफेरीमा रहेर लोकप्रिय कवि चर्चित समालोचक तथा प्रखर वक्ता डा. रामप्रसाद ज्ञवाली संग ktmkhabar.com का लागि रवि भट्टराईले गरेको अन्तरवार्ताको संपादित अंश:-

interview-with-dr-ram-prasad-gyawali

सन्चै हुनुहुन्छ ?

एकदमै ठिक छु ,आराम छु ।

नेपाली साहित्यमा तपाई छन्द कविको रुपमा विशेष चिनिनु हुन्छ नि ?

म छन्दमा बढी लेख्छु मानिसहरुले यसरी नै चिन्नु हुन्छ स्वभाविक कुरा हो ।

रामप्रसाद ज्ञवालीमा समालोचक,उपन्यासकार, बालसाहित्यकार, नाटककार व्यक्तित्व पनि छ, तर छन्द कवितामा अझ सशक्त किन ?

साधना यसमा बढी भयो । लामो यात्रा पनि भयो अनि रुचि पनि यसमा बढी भयो अझ समाजले पनि छन्द कविका रुपमा स्वीकार गर्यो, मिडिया बिद्वानवर्गले पनि मलाई छन्द कवि कै रुपमा स्विकार गर्नुभयो त्यसैले म पहिले ठिकठिकै थिए पछि सबैको रुचि भएपछि यसमा लागे ।

छन्द कवितामा समाजको चित्र कोर्न सकिदैन भन्नेहरुको जमातमा तपाईले हैन सकिन्छ भन्ने सन्देश दिनुभएको हो ?

छन्दमा केही समस्या छन् तपाई भाषा मिलाउनु हुन्छ, छन्द मिल्दैन, छन्द मिलाउनु हुन्छ भाषा मिल्दैन, भाषा र छन्द दुवै मिलाउनु हुन्छ विचारहरु अट्दैनन् भाषा, छन्द र विचार अटायो बिम्ब र प्रतिकहरु अट्दैनन् । यसरी सबै कुराहरु मिलाएर लेख्नलाई गाह्रो छ । सिलोक लेख्न सजिलो छ तर छन्दमा कविता लेख्न महाभारत छ । त्यसको निम्ति तपस्या गर्नुपर्ने हुन्छ त्यो मैले गरे । एउटा शक्तिशाली रचानाकारले जुनसुकै तरिकाले रचना गरेपनि युगलाई प्रनिनिधित्व गर्न सक्छ भन्ने चुनौति स्वीकार गरे त्यसैले तपाईले मलाई यस्ता प्रश्नहरु सोद्दै हुनुन्छ ।

interview-with-dr-ram-prasad-gyawali-with-rabi-bhattarai-ktmkhabar-with-boom

 

बेछन्दे कविता पनि स्वछन्दको छन्द हो भनेर भन्नु हुन्छ नि ?

बेछन्दे कविता पनि मुक्त लयमा स्वछन्दको छन्द हो , जसले छन्दबिना छ भन्छ कविता वेछन्दको छन्द हो । तपाईले सास फेरिरहनु भएको छ त्यो पनि छन्द हो सासमा पनि छन्द छ त्यो छन्द बिग्रियो भने तपाईको स्वास्थ्य बिग्रन्छ । हिडाईमा छन्द छ ,पृथ्वीको घुमाईमा छन्द छ , सबैकुरामा छन्द छ जीवनलाई गति दिनको निम्ति कवितालाई गति दिनको लागि छन्द चाहिन्छ ।

छन्द कविता, कविता हैन भन्ने जमात पनि छ नि उनिहरुलाई के भन्नु हुन्छ नि ?

जसले त्यसो भन्छन् उनिहरुलाई मेरो अनुरोध छ तपाई एउटा छन्द कविता लेखेर देखाउनुहोस् अनि छन्द के हो भनेर थाहा पाउनुहुन्छ हैन छन्द कविता, कविता हैन भन्दै हिड्नु हुन्छ भने त्यो हाँस्यास्पद कुरो हो । म छन्द र गद्यको पक्ष विपक्षको हैन म कविताको पक्षको मान्छे हुँ । कविता हुनुपर्यो कुरा हुन भएन भन्ने मान्छे हु ।

अन्य कविहरु अनुहारलाई वर्णन गर्छन् तपाई भने समाजको यथार्थलाई वर्णन गर्ने कवि हो त्यसो भए ?

रुप सौन्दर्य बाहिरी आवरण हो, विचारको सौन्दर्य त्यसको भित्री सौन्दर्य हो तपाई रुप र विचारलाई के रोज्नु हुन्छ भन्नु हुन्छ भने म विचारलाई प्राथमिकता दिन्छु तर कवितामा दुवैको सन्तुलन हुनुपर्छ भन्ने गर्छु ।

interview-with-dr-ram-prasad-gyawali-ktmkhabar

 

तपाईमा सामन्तवाद विरुद्ध तिब्र बिरोध चर्को बिद्रोहको भाव छ भन्ने गरिन्छ नि ?

त्यो सही हो । मेरो भनाई के हो भने कवि भनेको समाजको एउटा जिम्मेवार नागरिक पनि हो । त्यसैले उसले आत्मरतिको निम्ति चित्रण गर्नु भन्दा म समाजको चिन्तन गर्नुपर्छ भन्ने ठान्छु । सुन्दर लालीको वर्णन गर्नु भन्दा हत्केलामा उठेका ठेलको वर्णन गर्नु उत्तम ठन्छु । त्यसैले मैले कविता नै लेखेको छु चाहिदैन ।
लाली दलेको तन चाहिदैन
उत्ताऊलो यौवन चाहिदैन
ढुङ्गा नफोर्ने घन चाहिदैन
नेपालमा बैगुन चाहिदैन ।।

कविताम सौन्दर्य कहाँ हुँदो रहेछ ?

कविताको सौन्दर्य भनेको जीवनको सौन्दर्य हो । कुरुपतामा पनि सौन्दर्य खोज्ने र यसलाई भाषिक सौन्दर्यको रुपमा व्यक्त गर्ने हो ।

तपाईको अर्को सशक्त पाटो छ नि समालोचना, शायद तपाईले विश्वमै पहिलो पटक दश ओटा समालोचनाका पुस्तक एकैदिन एकैपटक बिमोचन गर्नुभयो ?

हो मैले दश ओटा समालोचनाका पुस्तक एकैपटक बिमोचन गरेर नयाँ काम गर्न खोजेको हैन, मैले पहिलेदेखि लेख्दै राख्दै गरेका कुराहरु एकैपटक गर्ने क्रममा विशाल बिमोचन एकैदिनमा भयो ।

dr.-ram-prasad-gyawali

 

साहित्यले समाज बदल्न सक्छ ?

समाज बदल्नका निम्ति बौद्धिक चेतनाको सम्प्रेशण गर्न सक्छ । समाज बदल्ने राजनीतिलाई, संस्कृतिलाई र समाज बदल्न चाहिने साँस्कृतिक रुपान्तरणलाई शक्तिशाली भुमिका निर्वाह गर्छ ।

रामप्रसाद ज्ञवाली राजाको बिरोधी हो भन्ने गरिन्छ नि ?

म राजाको बिरोधी हैन । प्रवृत्तिको बिरोध गरेको हुँ प्रवृतिको विरोध गर्ने क्रममा त्यसो भनिएको होला तर म कसैको पनि विरोधी हैन खराब प्रवृतिको विरोध गर्छु । म अरुजस्तो राजनैतिक घटनाक्रमलाई टि भि मा हेरेर हैन कि देशले आवश्यकता महसुस गरेको खण्डमा सडकमा ओर्लने कवि हुँ ।

तपाईले ०६२/०६३ पछि देशले नयाँ राष्ट्रगान माग्यो तपाईले पनि पठाउनु भयो तपाईलाई अन्याय भयो भनेर पनि हल्ला आयो नि ?

न्याय अन्याय केही हैन । यो देशमा कतिलाई न्याय कतिलाई अन्याय त्यो त भनेर साध्य छैन् तर भित्री रुपमा प्रथम भइस भनेर मलाई सुभकामना दिइयो तर फेरि पछि हैन भनियो कान्तिपुरले तेस्रो र अर्को कुन पत्रिकाले दोस्रो भनेर निकाले तर मलाई गुनासो छैन ।

interview-with-dr-ram-prasad-gyawali-with-rabi-bhattarai-ktmkhabar

 

अन्त्यमा केही बताइदिनुसन ?

अत्यमा गीतबाट टुङ्गाउन मन लाग्यो अहिले विभिन्न जातिवादी कुरा आईरहेको समयमा म त देश हु भन्ने गीत लेखेको छु । म कुनै जात हैन, धर्म हैन, लिङ्ग हैन म देश हुँ ।

म त देशको अखिलेश हुँ ,अभिलेख हुँ अमलेख हुँ
म हिमाल हुँ म पहाड हुँ ,म मधेस हुँ म त देश हुँ
सके राम्रो गरौ नसके नराम्रो नगरौ । तपाईहरुले मलाई सम्झनु भयो धन्यबाद ।।

You may also Like this

थप समाचार

भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही सिफारिस
भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही सिफारिस

काठमाडौं, साउन १२ । भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृहमन्त्रालयलाई अनुरोध ग ...

पाँच दिनदेखि उडान ठप्प, सर्वसाधारण मर्कामा

११ साउन । भोजपुरको एक मात्र विमानस्थल टक्सार विमानस्थलमा ५ दिन देखि उडान ठप्प हुदाँ सर्वसाधारण नागरिक मर्कामा परेका छन् । लाम ...

बिजुक्छे भन्छन्, सांसद किनबेच नभए संविधान संशोधन हुदैँन
बिजुक्छे भन्छन्, सांसद किनबेच नभए संविधान संशोधन हुदैँन

भक्तपुर, साउन ११ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सांसद खरिद–बिक्री नभए संविधान संशोधनले पूर्ण ...

अब फ्रि इन्टरनेट !
अब फ्रि इन्टरनेट !

काठमाडौं, साउन ११ । नेपाल दूरसञ्चार प्राधिकरणले देशका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीमा निःशुल्क इन्टरनेट सेवा वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...