सहरका कुकुरहरु एकाएक निलो हुन थालेपछि...

२०७४ भदौ २ गते १७:२२ मा प्रकाशित


blue-dog२ भाद्र । भारतको मुम्बई सहरमा निलो रंगका कुकुरहरु घुम्न थालेका छन् । नयाँ मुम्बईका घुमन्ते कुकुरहरु एकाएक निलो रङमा बदलिएपछि सबै अचम्ममा परेका छन् । आखिर कुकुरहरु किन निलो भए रु यसको कारण खोजिँदैछ ।

नयाँ मुम्बईका गल्ली गल्लीमा निलो रङका कुकुर देखिन्छन् । त्यस्ता कुकुर देख्ने हर कोहीले कारण जान्न चाहन्छ । अनि कुकुर निलो भएको यो घटना महाराष्ट्र प्रदुषण नियन्त्रण बोर्डसम्म पुग्यो । यहाँको स्थानीय जनावर संरक्षण सेलले यसबारेको उजुरी दर्ता गरेको थियो ।


कुकुर निलो भएको घटनाका लागि तलोजा इलाकास्थित कसादी नदीलाई जिम्मेवार ठहराइएको छ । यो नदीको पानी पूर्णरुपमा प्रदुषित रहेको छ । आसपासमा हजारौँ फर्मासयुटिकल्स, खाद्यान्न तथा इन्जिनियरिंग कारखाना रहेका छन् । ती कारखानाबाट निस्केको विषाक्त तथा फोहोर पानी सिधै नदीमा मिसिन्छ । यस्तोमा जब कुनै जनावर त्यो पानीको सम्पर्कमा आउँछ तब उसको सरीरको रंग नै निलो हुन्छ । उक्त इलाकाका भुस्याहा कुकुरहरु समेत नदीमा गएर डुबुल्की मार्ने गरेकाले सरीर नै निलो बनेको हो ।

सरकारी अधिकारीका अनुसार कसादी नदीको पानीमा विषाक्त पदार्थको मात्रा उच्च छ । -एजेन्सी

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...