सगरमाथा आरोही छोकी र सर्मिलालाई सम्मान (फोटोफिचर)

२०७५ जेष्ठ २३ गते १७:५६ मा प्रकाशित


Chhoki sherpa Samman (2)

काठमाडौँ । कल्याणकारी स्वयंसेवक संघ नेपाल (डब्लु भ्यान) ले सगरमाथाको सफल आरोहन गरेका द्वय छोकी शेर्पा र शर्मिला तामाङलाई शनिबार एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ । द्वय शेर्पा र तामाङले यहि जेठ २ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए ।

Chhoki sherpa Samman (9)
‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सगरमाथा आरोहन गरेकी छोकी र सर्मिलालाई शनिबार रिपोर्टस क्लब नेपालमा ‘बधाई तथा सम्मान कार्यक्रम’को आयोजना गर्दै सम्मान गरिएको हो ।

Chhoki sherpa Samman (3)
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको प्रमुख आतिथ्यतामा गरिएको उक्त सम्मान कार्यक्रममा डब्लु भ्यानका कार्यसमितिमा रहेका पदाधिकारीहरु, पत्रकार ऋषि धमला एवं विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Chhoki sherpa Samman (4)
प्रमुख अतिथि मन्त्री खनालले सगरमाथा आरोही द्वय शेर्पा र तामाङलाई बधाई दिएका थिए भने उनले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भइरहेको बताए । उनले भने,‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खाले नीति ल्याउने अन्तिम तयारीमा छौं । खेति योग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति त्यसमा समावेश हुन्छ ।’

Chhoki sherpa Samman (10)

Chhoki sherpa Samman (8)

Chhoki sherpa Samman (11)

You may also Like this

थप समाचार

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...