सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न तात्यो सरकार

२०७४ असोज ५ गते १३:३३ मा प्रकाशित


mt-everest५ असोज, काठमाडौं । भारतले सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने दाबी गरिरहँदा नेपाल सरकार तातेको छ । सरकार आफैंले त्यसको सुरुवात गरेको हो। नापी विभागले प्रक्रिया सुरु भइसकेको जानकारी दिएको छ ।

विभागका अनुसार त्यसका लागि आवश्यक कार्यविधि बन्दैछ । ‘दशैंअघि नै कार्यविधि तयार भइसक्छ,’ विभागका निर्देशक अनिल मरासिनीले भने, ‘त्यसमा अन्तर्राष्ट्रिय विज्ञको समेत सुझाव लिएर उचाइ नाप्ने काम सुरु गर्नेछौं ।

विभागका अनुसार उचाइ नाप्ने प्रयोजनका लागि अहिले तल्लो भागमा रहेका राजमार्गको लेबलिङ सुरु गरिएको छ । ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म लेबलिङको काम भइरहेको छ । १२ वैशाख ०७२ को भूकम्पका कारण सडकको लेबलिङमा असर पुगे नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको मरासिनीले जानकारी दिए ।

‘कार्यविधि तयार भएपछि सोही लेबलिङलाई आधार बनाएर सगरमाथाको नाप लिने काम सुरु हुने विभागले बताएको छ ।

You may also Like this

थप समाचार

विजयी पछि प्रचण्डले पार्टी एकता बारे यसो भने !
विजयी पछि प्रचण्डले पार्टी एकता बारे यसो भने !

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्न ...

चितवन ३ बाट प्रचण्ड विजयी
चितवन ३ बाट प्रचण्ड विजयी

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका ...

विजयी र्यालीबाट फर्कदा ज्यान गयो
विजयी र्यालीबाट फर्कदा ज्यान गयो

नुवाकोट । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको म ...

उदयपुरमा नारायण खड्का झिनो मतले अगाडि
उदयपुरमा नारायण खड्का झिनो मतले अगाडि

उदयपुर क्षेत्र नम्बर १ मा फेरि नेपाली कांग्रेसका नारायण खड्काले अग्रता लिएका छन् । यसअघिको परिणामसम्म ७३ मतले अघि रहेकी एमाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...