नेपालले जित्यो कास्यसहित तीन पदक (फोटो फिचर)

२०७२ माघ २३ गते २१:१८ मा प्रकाशित


२४ माघ,काठमाडौं । भारतको गुवाहाटीमा जारी १२ औँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपालले रजतसहित तीनवटा पदक हात पारेको छ। सागको दोस्रो दिन शनिवार गुवाहाटीमा भएका विभिन्न तीन स्पर्धामा नेपालले रजदसहित दुईवटा कास्य पदक हात पारेको हो।
नेपालका लागि भारोत्तोलनमा विकास थापाले रजत पदक हात पारे। १२ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाउने क्रममा भारोत्तोलनका थापाले ६३ केजी तौल समूहको  स्पर्धामा रजत पदक दिलाएका हुन्।
 
थापाले स्न्याचमा ११२ र क्लिन एन्ड जर्कमा १३० केजी तौल गरी कुल कूल २४२ केजी भार उठाएका थिए।  पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थापाले स्न्याचतर्फ राष्ट्रिय कीर्तिमान कायम समेत गरेका छन्। यसअघि स्न्याचतर्फ ११० केजीको कीर्तिमान थियो।
यस्तै भारोत्तोलनमै महिला स्पर्धामा देवीकुमारी चौधरीले कास्य पदक जितेकी छिन्। भारोत्तोलनको ५३ केजीतर्फ कास्य पदक जित्दै चौधरीले नेपालका लागि पहिलो पदक दिलाएकी हुन्। चौधरीले स्न्याचतर्फ ५४ र क्लिन एन्ड जर्कतर्फ ७५ केजी भार उठाएकी थिइन्। 
 
पाँच खेलाडी सहभागी स्पर्धामा देवीले पाकिस्तानी र बंगलादेशका खेलाडीलाई पछि पारेकी थिइन्।  कास्य पदक जितेसँगै चौधरीले दक्षिण एसियाली खेलकुदको भारोत्तोलनतर्फ पदक दिलाउने पहिलो महिला खेलाडीसमेत बन्न सफल भएकी छन्।
 यस्तै कुस्तीमा भने सरोज यादवले कास्य पदक जितेका छन्। उनले श्रीलंकन खेलाडी डब्लू एमसी परेरालाई पराजित गर्दै कास्य पदक जितेका हुन्।
 
 
 

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...