क्रिकेटका भगवान सचिन तेन्डुलकरको नाम सचिन कसरी रहन गयो ? यस्तो छ रहस्य !

२०७४ बैशाख २७ गते १८:०९ मा प्रकाशित


sachinjबैशाख २७ । भारतीय क्रिकेटमा पूर्व स्टार ब्याट्सम्यान जतिबेला ब्याटिङ गर्न मैदानमा उत्रिन्थे, त्यतिबेला दर्शकदीर्घाबाट एउटै आवाज आउने गर्दथ्यो, ‘सचिन...सचिन।’ के तपाईंहरुलाई थाहा छ, यो लयलाई पहिलो पल्ट उच्चारण गर्ने व्यक्ति को हुन् ?

सचिनले उनका समर्थकमाझ कौतुहल बनेको यो लयको उद्घोष कसरी भयो ? यसको गोप्यता पहिलो पल्ट सार्वजनिक गरेका छन्। आफ्नो जीवनीमा आधारित फिल्म ‘सचिन अ बिलियन ड्रीम्स’ को एउटा गीत सार्वजनिक समारोहमा पुगेका सचिनले यो पुरै कथाको पटाक्षेप गरे।

उनले मैदानभन्दा अगाडि आफ्नी आमाले यसको सुरुवात गरेको बताए। ‘जब म खेलेर घर फर्किन्थेँ आमाले मलाई यही लयमा बोलाउनु हुन्थ्यो,’ सचिनले भने। उनले आमाको त्यही लय पछि मैदानमा गुञ्जिन थालेको बताए।

‘सचिन अ बिलियन ड्रीम्स’ को गीत पनि ‘सचिन..सचिन’ को लयमै छ। यो गीतलाई सुखविन्दर सिंहले आवाज दिएका छन्। कम्पोज भने एआर रहमानको छ।

सचिनले यही अवसरमा आफूले बच्चामा ब्याट समातेर खिचेको चर्चित फोटोको कथा पनि बताए। उनले त्यो फोटो भाइसँग घरमा खेलिरहेको अवस्थामा लिएको बताए। ‘फोटो बालकनीमा लिएको हो। त्यतिबेला मेरो उमेर ४–५ वर्षको हुनुपर्छ। त्यतिबेला मेरो पोजिसन राम्रो थिएन। बललाई हिर्काउन खुब मजा लाग्थ्यो। कहिलेकाँही म बललाई ब्याटले हिट गर्थें, कहिले टेनिस र्याकेटले,’ उनले भने।

You may also Like this

थप समाचार

अनियमित विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या
अनियमित विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या

पर्सा, १३ जेठ । अनियमित विद्युत् कटौतीका कारण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । अनियमित वि ...

मतदाता शिक्षा बारे उदयपुरमा अन्तक्र्रिया

उदयपुर, १३ जेठ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले आज वृहत मतदाता शिक्षा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ । जि ...

सुरु भयो भतरपुर महानगरको रोकिएको मतगणना
सुरु भयो भतरपुर महानगरको रोकिएको मतगणना

चितवन, जेठ १३–अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६ः ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ । भर ...

मुस्लिम सुमदायको जबरजस्त माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए
मुस्लिम सुमदायको जबरजस्त माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए

वीरगन्ज, जेठ १२ । दोस्रो चरणको निर्वाचन मिति सार्न माग गर्दै पर्साका मुस्लिम समुदायले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...