स्याट चेस तथा चित्रकला प्रतियोगिता सम्पन्न (फोटोफिचर)

२०७५ जेष्ठ २५ गते १७:३७ मा प्रकाशित


SAAT Tournament (2)

काठमाडौँ । निजी विद्यालयहरुको संगठन स्कुल एलाइन्स फर एकेडेमीक ट्रान्फरमेसन (स्याट) को आयोजनामा यहि जेष्ठ १९ गते चेस तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

SAAT Tournament (1)
सुकेधारामा रहेको गोल्डेन गार्डेन स्कुलको प्रांगणमा भएको उक्त प्रतियोगितामा २४ प्रतियोगिहरु चेस र चित्रकला प्रतियोगितामा सहभागि भएका थिए ।

SAAT Tournament (5)

जसमा छात्र तर्फको चेस प्रतियोगितामा दिक्षान्त स्कुलका छात्र प्रशान्त महतराले उपाधि पाएका छन् भने पिक प्वाइन्ट एकेडेमीका छात्र सुनिल श्रेष्ठ दोश्रो र युनिभर्सल स्कुलका छात्र यमन श्रेष्ठ तेश्रो भएका छन् ।

SAAT Tournament (4)
यस्तै छात्रा तर्फको चेस प्रतियोगितामा दिक्षान्त स्कुलकी छात्रा दिक्षान्त माझिले उपाधि पाएकी छिन् । गोल्डेन गार्डेन स्कुलकी छात्रा सञ्जु पौडेल दोश्रो, पिक प्वाइन्ट एकेडेमीकी छात्रा सारिका लिम्बु तेश्रो भएकी छिन् ।

SAAT Tournament (3)
जुनियर चित्रकला प्रतियोगिताको उपाधि युनिभर्सल स्कुलकी छात्रा माया सिंहले पाएकी छिन् भने दिक्षान्त स्कुलकी छात्र देवन राई दोश्रो र इकिता स्कुलका छात्र अश्विन मगर तेश्रो भएका छन् ।
यस्तै सिनियर चित्रकला प्रतियोगिताको उपाधि दिक्षान्त स्कुलका छात्र बिमल थापा मगरले पाएका छन् । युनिभर्सल स्कुलका छात्र शुशिल क्षेत्री दोश्रो र जि.जि.ए. का छात्र सौगात लिम्बु तेश्रो भएका छन् ।
सोही दिन नै विजयी विद्यार्थीहरुलाई अविर, प्रमाण­पत्र र ट्रफीद्धारा सम्मान गरिएको थियो ।

You may also Like this

थप समाचार

यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’
यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) मा रहेका विद्यालयहरुको छाता संगठन विद्यालय सरोकार समाज बुढानिलकण्ठले स्थानीय पाठ्यक ...

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...