रुकुममा माओवादीको कब्जा, ६ वटै स्थानीय तहमा विजयी

२०७४ जेष्ठ ४ गते १३:५६ मा प्रकाशित


maobadi-kendra४ जेठ, रुकुम । पहिलो चरणको स्थानीय चुनावमा रुकुम जिल्लाका सबै स्थानीय तहमा माओवादी विजयी भएको छ । पहिलो चरणमा रुकुमका ६ स्थानीय तहमा चुनाव भएकोमा सबैमा माओवादी उम्मेदवारहरु विजयी भएका छन् ।

आठविसकोट, मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको छ ।

पछिल्लोपटक सार्बजनिक आठविसकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका गोर्खबहादुर केसी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र बटालालाई २ हजार ३४ मत अन्तरले पराजित गरेर केसी आठविसकोट नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।

माओवादीका केसीले ५ हजार ६ सय २९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बटालाले ३ हजार ५ सय ९५ मत प्राप्त गरे । नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार हरिप्रसाद शर्माले २ हजार ४ सय ३५ मत पाएका छन् ।

उपप्रमुखमा पनि माओवादी केन्द्रकी गीता नेपाली निर्वाचित भएकी छन् । नेपालीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अनिता बुढालाई २ हजार ४ सय ३१ मतले हराएर उपप्रमुखमा विजयी भएकी हुन् ।

नेपालीले ५ हजार ६ सय १८ मत पाइन् भने कांग्रेसकी बुढाको पक्षमा ३ हजार १ सय ८७ तथा एमालेकी अमृता शाहको पक्षमा २ हजार ७ सय ८५ मत खसेको छ ।

आठविसकोट नगरपालिकाका कुल १४ वडा मध्य ११ वडामा माओवादी केन्द्र, २ वडामा कांग्रेस र एउटा वडामा एमाले विजयी भएको छ ।

रुकुमको मुसिकोट नगरपालिकाको प्रमुखमा देबीलाल गौतम र उपप्रमुखमा प्रेमकु्मारी सुनार विजयी भएका छन् ।

चौरजहारी नगरपालिकाको प्रमुखमा विशाल शर्मा र उपप्रमुखमा राधा रोका विजयी भएका छन् ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्ती र उपाध्यक्षमा निर्मला विष्ट विजयी भएका छन् ।

बाँफिकोट गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर केसी र उपाध्यक्षमा मनकला पुन तथा सानीभेरी गाउँपालिका अध्यक्षमा डोरबहादुर पुन र उपाध्यक्षमा इन्दिरा ओली निर्वाचित भएका छन् ।

रुकुमका भुमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिका भने पाँच नम्बर प्रदेशमा पर्ने भएकाले जेठ ३१ गते दोस्रो चरणमा चुनाव हुँदैछ ।

You may also Like this

थप समाचार

लेखनाथ महानगरः पछिल्लो मतपरिणाम, एमाले साढे ११ हजार मतले अघि
लेखनाथ महानगरः पछिल्लो मतपरिणाम, एमाले साढे ११ हजार मतले अघि

कास्की, जेठ ११ – पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमालेका मानबहादुर जिसी नेपाी कांग्रेसका ...

यी हुन् इतिहास रचेका पाँच चुम्बन ! (फोटोफिचर)
यी हुन् इतिहास रचेका पाँच चुम्बन ! (फोटोफिचर)

काठमाडौं, जेठ ८ । चुम्बन भन्नेबित्तिकै हामी प्रेमी–प्रेमिकाको चुम्बनलाई सम्झन्छौं । चुम्बनको महत्व सबैलाई थाहा होला तर, ...

प्रचण्ड, देउवा र ओलीबीच विशेष वार्तामा के हुदैँछ ?
प्रचण्ड, देउवा र ओलीबीच विशेष वार्तामा के हुदैँछ ?

९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउसो संसदलाई सम्बोधन गर्नु अघि कांग्रेस सभापति शेर ...

राष्ट्रपति ट्रम्प इजरायलमा
राष्ट्रपति ट्रम्प इजरायलमा

८ जेठ, इजरायल । मध्यपूर्वी राष्ट्रहरुकोे औपचारिक भ्रमणका क्रममा रहनु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्याले ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...