‘रुद्र’ र ‘प्रेमगीत २’ भिड्न्त, कसले तान्ला बढी दर्शक ?

२०७४ साउन १३ गते ११:०५ मा प्रकाशित


rudra-prem geet 2काठमाडौं, साउन १३ । शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा दुई नयाँ नेपाली चलचित्र ‘रुद्र’ र ‘प्रेमगीत २’ प्रदर्शनमा आएका छन् । रामजी लामिछानेको निर्देशन र निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शनको निर्माण रहेको चलचित्र रुद्रमा निखिल उप्रेती खलनायकको भूमिकामा देखिएका छन् । एक्सनप्रधान चलचित्र रुद्रमा निखिलसँगै विश्व शर्मा, सारा, रोय दिप, ध्रुव कोइरालालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा संगीत दिनेश सुनाम र निखिल उप्रतीको छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

त्यस्तै शुक्रबारदेखि नै प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ ले रुद्रसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । बहुप्रतिक्षित दुबै चलचित्र एकै साथ प्रदर्शनमा आएकोले कुन चलचित्रले दर्शक तान्ने हो अड्कल गर्न कठिन छ ।

रामशरण पाठकले निर्देशन गरेको ‘प्रेमगीत २’ ले राम्रै दर्शक तान्ने अपेक्षा गरिएको छ । दर्शकहरुको माया पाएको चलचित्र प्रेमगीतकै सिक्वेल भएकाले पनि ‘प्रेमगीत २’ ले दर्शकको मन जित्ने अपेक्षा गरिएको हो ।

प्रदिप खड्का, अश्लेशा ठकुरी, भुवन चन्द, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको प्रेमगीतको छायांकन मुगु, लुम्बिनी, थाइल्याण्ड तथा म्यानमारमा गरिएको चलचित्रको निर्माण पक्षले जनाएको छ । चलचित्रमा एक नेपाली युवक र म्यानमारकी युवतीको प्रेमकथा समेटिएको छ । चलचित्रमा संगीत कल्याण सिंह, एलिश कार्की तथा रोहित जोन क्षेत्रीको रहेको छ । चलचित्रको निर्माण सन्तोष सेनले गरेका छन् ।

You may also Like this

थप समाचार

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...