आरआर क्याम्पसमा मतदान हुँदै, निर्बाचन विथोल्न पेट्रोल बम प्रहार

२०७३ चैत्र १५ गते ११:३५ मा प्रकाशित


काठमाडौं, चैत १५ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा कडा सुरक्षाकाबीच आज स्ववियु निर्वाचन भइरहेको छ ।

बिहान ८ बजेदेखि हुने भनिएको मतदान एक घण्टा ढिला गरी सुरु भएको छ । मतदानका लागि विद्यार्थीहरु लाइनमा लागेका छन् ।

क्याम्पस परिसरमा प्रहरीले कडा सुरक्षा दिइरहेका छन् । संयुक्त विद्यार्थी संगठनका केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।

असन्तुष्ट विद्यार्थीहरुले चुनाव विथोल्न पेट्रोल बमसमेत प्रहार गरेका छन् । गत फागुन २३ गतेका लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो ।

तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि चुनाव भएको हो ।

आरआरको स्ववियु निर्वाचनमा प्रमुख विद्यार्थी संगठनहरु प्यानल बनाएरै मैदानमा उत्रिएका छन् ।

आरआरमा एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेवि संघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा छ ।

एमाले निकट अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, कांग्रेस निकट नेविसंघबाट उत्तम साउद र माओवादीसम्बद्ध अखिल क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको प्यानल मैदानमा उत्रिएको छ ।

क्याम्पसमा करिव ३ हजार ५ सय मतदाता छन् । मतदान साँझ ५ बजेसम्म हुने छ ।

यता अखिल(क्रान्तिकारी)ले निर्बाचन विधी र प्रक्रिया नभएको भन्दै मतदान बहिस्कार गरेको छ । निर्बाचन विथोल्न उनीहरुले क्याम्पसमा ढुंगामुढा समेत गरेका छन । पेट्रोल बम समेत प्रहार भएको छ ।

क्याम्पस आसपासको क्षेत्र तनाववपूर्ण छ । पेट्रोल बम खुट्टानेर पड्किएपछि प्रहरीले आक्रमणकारीलाई पद्मोदय मोडसम्म लखेटेको छ

माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले मतदान बिथोल्न विहानैदेखि मतदानस्थलमाा ढुंगा प्रहार गरिरहेका थिए ।

क्याम्पसका नियमित बिद्यार्थीलाई प्रहरीले परिचयपत्रका आधारमा मतदान स्थलमा प्रवेश गराइरहेको छ भने अन्यलाई क्याम्पस परिसरमा प्रवेश गर्न रोकिएको छ ।

 
 

You may also Like this

थप समाचार

मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !
मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !

१२ साउन, काठमाडौं । मन्त्रीपरिषदको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले १९ जना मन्त्री थपेसँगै सिंहदरबारमा पहिलो प ...

खोलामा बस खस्यो, दुईको ज्यान गयो, दुई हराए, ३० गम्भीर

१२ साउन । कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा यात्रुबहाक बस खसेको छ । विहिबार दिउँसो ना ५ ख ६३९५ यात्रुबहाक बस खस्दा ...

बलात्कारको बदला बलात्कार...
बलात्कारको बदला बलात्कार...

१२ साउन । पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा बलात्कार गरिएको घटना प्रकाशमा आ ...

स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !
स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !

काठमाडौं, साउन १२ । कर्णाली राजमार्गको सुर्खेतदेखि गम्गडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ । कुल एक स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...