राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति गठन

२०७४ बैशाख ८ गते १४:३८ मा प्रकाशित


rpp-baithakकाठमाडौं, वैशाख ८ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले अध्यक्ष कमल थापाबाट प्रस्तुत पार्टीको घोषणापत्र (प्रतिबद्धतापत्र) लाई सैद्धान्तिक सहमति दिनुका साथै परिमार्जनसहित पारित गरेको छ ।

शुक्रबार पार्टी अध्यक्ष थापाको अध्यक्षतामा बसेको कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय कार्यसम्पादन समितिसमेत गठन गरेको छ । अध्यक्ष थापाकै अध्यक्षतामा गठित कार्यसम्पादन समितिमा लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर ज।ब।रा।, दिपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ्ग, टंक ढकाल, विक्रम पाण्डे, रामचन्द्र राय, धुव्र बहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डा।धवलशम्शेर राणा, जयन्त चन्द, सुनिल बहादुर थापा, नवराज सुवेदी, बालाराम घर्तिमगर र हरि बहादुर बस्नेत सदस्य रहेका छन् ।

बैठकले वैशाख ३१ गते हुने ऐतिहासिक स्थानीय तहको निर्वाचनको महत्वपूर्ण अभ्यासमा सवैको सहभागिता हुनु पर्नेमा जोड दिदैं आन्दोलनरत मधेश केन्द्रीत दललाई समेत निर्वाचनमा सहभागी हुने विश्वसनीय वातावरण सिर्जना गर्न सरकार, सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दललाई आह्वान गरेको छ । लचकता प्रदर्शन गरेर भए पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेश केन्द्रीत दलहरुलाई पनि राप्रपाले अनुरोध गरेको छ ।

पार्टीको घोषणा पत्र वैशाख ११ एक समारोहका बीच सार्वजनिक गरिने प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

You may also Like this

थप समाचार

सरकारले आचारसंहिता उल्लंघन गर्दा पनि आयोग मुकदर्शकः महासचिव पोखरेल
सरकारले आचारसंहिता उल्लंघन गर्दा पनि आयोग मुकदर्शकः महासचिव पोखरेल

असार ९ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुकदर्शक बनेर बस्नु ...

एक दिनमा ६६ लाख भारु कमाउँछन् सलमान खान तर कसरी ?
एक दिनमा ६६ लाख भारु कमाउँछन्  सलमान खान तर कसरी ?

९ असार । ‘दबंग ब्वाई’ सलमान खानले एक दिनमा कति कमाई गर्छन् ? यसको जबाफ दिन उनले बर्षभर अभिनय गर्ने फिल्मको औसत हि ...

जोरपाटीमा माइक्रोले गरायो डरलाग्दो दुर्घटना, एकको मृत्यु, २ जना गम्भीर, चालक फरार
जोरपाटीमा माइक्रोले गरायो डरलाग्दो दुर्घटना, एकको मृत्यु, २ जना गम्भीर, चालक फरार

८ असार, काठमाडौं । बौद्ध जोरपाटीमा भयानक दुर्घटना भएको छ । अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको हो । घटनामा एक ...

एमाले र कांग्रेस कार्यकर्ताबिच झडप
एमाले र कांग्रेस कार्यकर्ताबिच झडप

८ असार । ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्लेमा बिहीबार बिहान एमाले र कांग्रेस कार्यकर्ताबिच झडप भएको छ । झडपमा एमालेका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...