ज्ञवालीलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति राप्रपाको आपत्ति

२०७३ पुस २८ गते १४:१९ मा प्रकाशित


काठमाडौं, पुस २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले सरकारले आफनो लाभका निम्ति ज्ञवालीलाई प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले भूकम्प पीडितलाई राहत दिन सरकार प्रतिवद्ध नदेखिएको भन्दै आक्रोश पनि व्यक्त गरे।

भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष राणाले भूकम्प पीडितलाई आवास निर्माणका लागि तत्काल थप रकम उपलब्ध गराउन पनि सरकारसँग माग गरे। अध्यक्ष राणाले राष्ट्रियता बलियो बनाउन राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको पनि खुलासा गरे। मुलुकको राष्ट्रियता बलियो बनाउने शक्ति आवश्यक भएकाले दुई पार्टी एकीकरण गर्नु परेको उनको दावी छ। उनले मधेशी मोर्चालाई साथमा नलिई निर्वाचनमा जानै नसकिने प्रतिक्रिया पनि दिएका छन्।

स्थानीय निर्वाचनमा जाने तयारी सरकारले गरिरहेका बेला उनले पहिला मधेशी मोर्चालाई सहमतिमा ल्याउनुपर्ने खाँचो औल्याएका हुन्। राणाले यथास्थितिमा संविधान संशोधन प्रक्रिया अघि बढाउन नहुने पनि स्पष्ट पारे। सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितमा समेत नरहेको निष्कर्ष निकाल्दै यथास्थितिमा समर्थन गर्न नसकिने अडान राख्दै आएको छ।

You may also Like this

थप समाचार

पत्रकारलाई धम्की दिइएकोमा आपत्ति
पत्रकारलाई धम्की दिइएकोमा आपत्ति

१२ जेठ, काठमाडौँ । प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक ...

भोजपुरी फिल्मकी यी नायिका, जसको हट अवतारले नै फिल्म चल्छ
भोजपुरी फिल्मकी यी नायिका, जसको हट अवतारले नै फिल्म चल्छ

११ जेठ । कतिपय कलाकार यस्ता पनि हुन्छन्, जसले अभिनय कमजोर भए पनि दर्शकले हेरिदिन्छन् । भारतको भोजपुरी फिल्म उद्योगमा एउटी हट ...

राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा
राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा

९ जेठ । डण्डीबियो खेलको विषयमा ‘डण्डीबियो’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेका निर्माता तथा निर्देशक निर्मल शर ...

राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा
राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा

९ जेठ । डण्डीबियो खेलको विषयमा ‘डण्डीबियो’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेका निर्माता तथा निर्देशक निर्मल शर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...