रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार

२०७५ असार २८ गते १६:२७ मा प्रकाशित


काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
खानेपानीको काम गर्ने डोरज अप्रेटर नारायण श्रेष्ठ र उनका सहयोगीलाई हेलिकप्टरबाट उद्दार गरी काठमाडौं पठाइएको काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

roshi khola

जमिनबाट उद्दार गर्न सम्भव नभएपछि उनीहरुलाई हेलिकोप्टरको प्रयोग गरी उद्दार गरिएको हो ।

जिल्लामा हालसम्म कुनै माननवीय क्षती नभएको र जोखिमपूर्ण स्थानमा विशेष सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी राउतले बताएका छन् ।

बुधबार राति परेको अविरल वर्षापछि आएको बाढीले झन्डै ९ घण्टासम्म अरनीको राजमार्ग अवरुद्ध परेको छ ।

बनेपाको पुण्यमाता नदीमा बाढी आउँदा बनेपा पुलबजारदेखि धनेश्वरसम्म डुवानमा परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

वर्षका कारण आएको बाढीले बनेपा(८ स्थित जीवन नकर्मीको निमाणरधीन घरमा बस्ने मजदुरहरु अलपत्र परेपछि सेनाले उद्धारसमेत गरेको थियो ।

अरनाीको राजमार्ग बनेपा पुलबजार खण्ड विहान २ बजेदेखि बाढीका कारण ९ घण्टासम्म अवरुद्ध भएको थियो । जसले गर्दा, राजमार्ग भएर आवत जावत गर्ने यात्रुहरु बनेपामा अलपत्र परेका थिए ।

बनेपा, धनेश्वर, लगायतका स्थानका घरहरुको पहिलो तल्लामा बाढी पस्दा राति भागाभाग भएको थियो ।

ग्रामीण सडकहरुमा पहिरोले यातायात अवरुद्ध भएको छ भने दर्जन बढी घर भत्किएका छन् । केही पशु चौपायको क्षती भएपनि मानवीय क्षति भने भएको छैन् ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...