मेसीलाई पाखा लगाउदैँ रोनाल्डोले हात पारे बर्ष खेलाडी

२०७४ भदौ ९ गते १०:४६ मा प्रकाशित


ronaldo_1काठमाडौं, भदौ ९ । लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले यस वर्षको युएफा वर्ष खेलाडी भएका छन्।

च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन्। रोनाल्डोले ४८२ प्वाइन्ट्स, मेसीले १४१ प्वाइन्ट्स र बुफोनले १०९ प्वाइन्ट्स प्राप्त गरेका छन्।

लगातार दुई पटक च्याम्पियन्स लिग जित्न सफल रियल मड्रिडका लागि रोनाल्डोको प्रदर्शन उत्कृष्ट थियो। प्रतियोगितामा १२ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता भएका थिए। उनले लालिगामा भने ४६ खेलमा ४२ गोल गरेका थिए । यो उपाधीसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधि हात पारेका छन्।

यस्तै मेसीले दुई पटक युएफा वर्ष खेलाडीको अवार्ड जितिसकेका छन्।

यस्तै युभेन्टसका गोलरक्षक बुफोनले वर्षको उत्कृष्ट गोल रक्षकको अवार्ड हात पारे।

त्यस्तै रियल मड्रिडका डिफेन्डर सर्जिओ रामोसले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारे भने रियलकै अर्का खेलाडी लुका मोद्रिकले उत्कृष्ट मिडफिल्डरको उपाधि जिते। रोनाल्डोले यो वर्षको उत्कृष्ट फर्वाडको उपाधि पनि हात पारेका छन् ।

त्यस्तै महिलातर्फको वर्ष खेलाडी भने बार्सिलोनाकी लिके मार्तेन्सले जितेकी छन् ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...