मेसीलाई उछिन्दै रोनाल्डोले बनाए अद्भूत कीर्तिमान

२०७३ चैत्र ३१ गते ०८:२३ मा प्रकाशित


cristiyano ronaldoरियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युरोपेली क्लब फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी बन्न पुगेका छन्। उनले बुधबार राती ९नेपाली समयअनुसार विहिबार बिहान० च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत वायर्न म्युनिखविरुद्ध पहिलो लेगको खेलमा २ गोल गर्दै यो कीर्तिमान बनाएका हुन्।
लामो समयदेखि गोलविहिन बनेका रोनाल्डोले आज ४७ र ७७ मिनेटमा दुई गोल गरेका थिए। उनले यो सिजन च्याम्पियन्स लिगमा ६ सय ५९ मिनेटपछि गोल गरेका हुन्। यो सिजनको च्याम्पियन्स लिगमा उनको ४ गोल हो। उनकै दुई गोलका कारण म्याड्रिडले वायर्न म्युनिखलाई उसैको घरमा २–१ गोलले पराजित गर्यो। म्युनिखविरुद्ध उनको पछिल्लो पाँच भिडन्तमा यो पाँचौ गोल थियो।

रोनाल्डोले इङ्ल्यान्डको म्यानेचस्टर युनाइटेडमा आवद्ध हुँदा युरोपेली प्रतियोगितामा १६ गोल गरेका थिए। रियल म्याड्रिडबाट भने उनको ८४ गोल थियो। ३२ वर्षीय रोनाल्डोले यो उपलब्धी चुम्न १० वर्ष २ दिन कुर्नु परेको थियो।

उनी र बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीबीच सय गोलका लागि ठूलो प्रतिस्पर्धा थियो। जसमा रोनाल्डोले मेसीलाई उछिनेका छन्। सन् २००७ को अप्रिल १० मा रोमाविरुद्ध म्यानचेस्टरबाट खेल्दै उनले युरोपेली क्लब फुटबलमा पहिलो गोल गरेका थिए।

उनले १ सय ४७ खेलमा यो उपलब्धी चुमेका हुन्। उनी पछि मेसीले १ सय १८ खेलमा ९७ गोल गरेका छन्।

You may also Like this

थप समाचार

जिराभवानी गाउँपालिकामा एमालेले बाजी मार्यो

७ असोज । पर्साको जिराभवानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका हु ...

दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर
दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर

७ असोज, पर्सा । पर्साको दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरीया नगरपालिकाको मेयरमा दुईजना पूर्व सभासदलार्इ पराजित गर्दै जनता द ...

एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल
एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल

काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको जितलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । श ...

कांग्रेसको गढमा फोरमले बाजी मार्यो
कांग्रेसको गढमा फोरमले बाजी मार्यो

७ असोज । कांग्रेसको गढ मानिएको पर्साको सखुवा प्रसौनी गाउँपालिकामा फोरम नेपाल विजयी भएको छ । फोरम नेपाल प्रदिप कुमार जयसवाल १० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...