रोनाल्डो चम्केपछि वायर्न म्युनिखलाई उसैको घरमा पराजित गर्यो

२०७३ चैत्र ३१ गते ०६:४६ मा प्रकाशित


cristion ronaldoक्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको दुई निर्णायक गोलका कारण रियल म्याड्रिडले पहिलो हाफमा एक गोलले पछि परेको नतिजा उल्ट्याउदै वायर्न म्युनिखलाई उसैको घरेलु मैदानमा २–१ ले पराजित गरेको छ। 

च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा म्याड्रिड आफ्ना २ प्रभावशाली डिफेन्डर पेपे र राफायल भार्नेको अनुपस्थितिमा मैदानमा उत्रिएको थियो। तर, मिडफिल्डर टोनी क्रुस, लुका मोर्डिक र कार्भाहलले कप्तान सर्जियो रामोसलाई डिफेन्स लाइनमा रचनात्मक सहयोग पुर्याउदा म्याड्रिडले खेलमा नियन्त्रण मात्र राखेन, म्युनिखसँग उसैको घरमा २–१ गोलको अग्रता राख्न सफल भयो। 

विहिबार बिहान सम्पन्न खेलमा म्याड्रिडको जितमा रोनाल्डो नायक बने। उनले दुवै गोल अफ्ठेरो परिस्थितिमा गरे। खेलको २५ मिनेटमा चिलीका मिडफिल्डर आर्टुरो भिडालले गरेको अवस्थामा म्याड्रिडलाई खेलमा फर्किन निकै गाह्रो मानिएको थियो। भिडालले पहिलो गोल आफ्नो स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की अनुपस्थितिमा गरेका थिए। यो सिजन ४० खेलमा ३८ गोल गरिसकेका लेवान्डोस्की काँधको चोटका कारण आजको खेलमा अनुपस्थित रहे। 

भिडालले फ्रान्क रिभेरीको कर्नरमा हेडिङमार्फत गोल गरेका थिए। मैदानमा निकै प्रभावशाली देखिएका भिडाल पहिलो हाफको ४५ मिनेटमा घरेलु टोलीले पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्न भने चुके। 

रिभेरीको प्रहार डिबक्सभित्र रहेका कार्भाहलको हातमा लागेपछि रेफ्रिले म्युनिखलाई पेनाल्टीको अवसर प्रदान गरेको थियो। तर, पेनाल्टी हान्न आएका भिडालले गोल पोस्टभन्दा धेरै माथि बल हानेपछि पहिलो हाफमै २ गोलको अग्रता लिने अवसरबाट म्युनिख चुकेको थियो। 

पहिलो हाफको तुलनामा दोस्रो हाफमा म्याड्रिड संगठित देखियो। फेरि ६१ मिनेटमा म्युनिखका डिफेन्सिभ मिडफिल्डर जाभी मार्टिनेज दोहोरो पहेँलो कार्ड खाएर मैदानबाट बाहिरिनु म्याड्रिडका लागि चिट्ठा परे सरह थियो। म्युनिख करिब ३० मिनेट १० खेलाडीमा सिमिति भएर मैदानभित्र संघर्ष गरिरहेको प्रष्ट देखिन्थ्यो। 

आफ्नो स्टार डिफेन्डर माट्स हुमेल्स गोलीगाँठाको चोटका कारण अनुपस्थित रहेको अवस्थामा मार्टिनेजको रातो कार्ड वास्तवमै म्युनिखका लागि पीडादायक थियो। 

रोनाल्डोले दोस्रो हाफको खेल सुरु भएको २ मिनेट भित्रै बराबरी गोल गरेका थिए। उनले ४७ मिनेटमा कार्भाहलको क्रस पासमा गोल पोस्टको ६ यार्ड नजिकबाट अविस्मरणीय गोल गरे। यो गोल रोनाल्डोको च्याम्पियन्स लिगमा ६ सय ५९ मिनेट पछि थियो। उनले ७७ मिनेटमा अर्को गोल थप्दै म्याड्रिडको जितलाई सहज तुल्याए। 

You may also Like this

थप समाचार

औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव
औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रक ...

सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा
सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा

सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष् ...

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब
मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब

आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएक ...

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश
यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायात ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...