भोट किन्न पैसा बाँडेको आरोपमा वाणिज्यमन्त्री रोमी गौचन पक्राउ

२०७४ बैशाख ३० गते १२:२२ मा प्रकाशित


romi-gauchan-वैशाख ३० । वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेको आरोप लागेपछि आक्रोशित सर्वसाधारणका कारण शनिबार बिहानैदेखि जोमसोम बजार तनावग्रस्त भएको छ ।

मन्त्री गौचनलाई प्रहरीले सुरक्षा दिएर स्थानीय यामप्रसाद थकालीको घरमा राखेको छ । प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका छन् । बिहानैदेखि जोमसोम बजारमा कांग्रेसबाहेकका दलहरु र स्वतन्त्रका उम्मेदवार सर्मथित कार्यकर्ताहरुको प्रदर्शन चर्किएको छ । प्रर्दशनका कारण मुक्तिनाथ जान लागेका दर्शनार्थीहरु बाटोमै रोकिएका छन् । प्रदर्शनकारीले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् । सदरमुकामभरि सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र सशस्त्रलाई व्यापक खटाइएको छ ।

 

मन्त्री गौचन शुक्रबार दालोमे गाउँपालिका तेताङ गाउँमा आफ्ना कांग्रेस कार्यकर्ता भेट्न पुगेका थिए । राति १२ बजे सर्वसाधारणको घरघरमा पुगेर पैसा बाँडेको थाहा पाएपछि सर्वसाधारणले समातेर मन्त्री गौचनलाई झुसाङ प्रहरीलाई बुझाएका थिए । लगत्तै एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रका कार्यकर्ता पुगेर उनलाई राखिएको स्थानमा घेराबन्दी गरे । राति नै प्रहरीको सुरक्षा घेरामा मन्त्री गौचनलाई सदरमुकाम जोमसोम ल्याइएको थियो । मन्त्री गौचनले भोट किन्न पैसा बाँडेकोले रंगेहात समातेर प्रहरीलाई बुझाइएको एमालेका पूर्वसांसद चन्द्रबहादुर गुरुङले बताए । ‘मन्त्री भएको मान्छे निर्वाचन आचारसंहिताविपरीत पैसा बाँड्ने र भोट माग्ने गरेकोले सर्वसाधारण र दलहरुका कार्यकर्ताले उनलाई समातेर प्रहरीलाई बुझाएका हुन्,’उनले भने, मन्त्रीको पदमा बसेर गौचनले एकसातादेखि पैसा बाँड्ने र भोट माग्ने काम गरेका छन् ।’उनलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको आधारमा कारबाही नगरेसम्म सबै दलहरुको विरोध कार्यक्रम जारी रहने बताए ।

प्रदर्शनमा एमाले, माओवादी, राप्रपा र स्वतन्त्रका कार्यकर्ता उत्रिएका छन् । मुस्ताङमा स्वतन्त्र उम्मेदवारको ठुलो प्रभाव रहेको छ । माओवादीका नेता गणेश थकालीले मन्त्रीबाट चरम निर्वाचन आचारसंहिता हनन् भएकोले प्रदर्शनमा उत्रन परेको उल्लेख गरे । घरपझोङ गाउँपालिका स्वतन्त्रका अध्यक्ष उम्मेदवार महेन्द्र थकालीले मन्त्री गौचन अनेक बहाना बनाएर कानुन उल्लघंन गर्दे सर्वसाधारणलाई प्रभाव पारेकोले अनुसन्धान गरी कारबाही हुनुपर्ने बताए ।

प्रदर्शन चर्किएपछि जिल्लास्थित सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बसेको छ । सेना, प्रहरी, सशस्त्र र अनुसन्धानका प्रमुखहरुले भोलि आइतबार हुने निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेका छन् । मन्त्री गौचनले पैसा बाँडेको सम्बन्धमा अनुसन्धान भइरहेको र शान्ति सुरक्षाका लागि आवश्यक तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भिमराज पोखरेलले जानकारी दिए । मन्त्री गौचन एक सातादेखि यति एयर लायन्सको हेलिकप्टर भाडामा लिएर मुस्ताङको गाउँगाउँ पुगेका छन् । उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै शुक्रबार उनी चढेको हेलिकप्टरमा प्रजिअ पोखरेलसहितको सुरक्षा टोलीले खानतलासी गरेको थियो ।

गौचनले आफू कोरला नाका भ्रमणमा आएकोले निर्वाचन आचारसंहिता नतोडेको सुरक्षा प्रमुखहरुसमक्ष बताएका थिए । मुस्ताङका कांग्रेस कार्यकर्ताले मन्त्री गौचनले पैसा बाँडेको कुरा निराधार भएको दाबी गरेका छन् । विपक्षले चुनाव हार्ने भएकोले अनेक वहाना देखाएर कांग्रेसका नेतालाई बद्नाम गर्ने षड्यन्त्र हो, कांग्रेस महिला संघकी जिल्ला उपाध्यक्ष पुष्पा शेरचनले भनिन् । आफ्ना कार्यकर्तालाई भेट्न नपाउनु कुन राजनीति अधिकार हो ? उनको भनाइ छ । स्थितिलाई साम्य पार्न जिल्ला प्रशासनले सम्बन्धित सबै दलहरुका प्रतिनिधिलाई बैठकमा डाकेको छ । चुनाव भाँड्न नदिन सबै दललाई वार्तामा बस्न आह्वान गरिएको प्रजिअ पोखरेलले बताए ।


वाणिज्यमन्त्री रोमी गौचन थकालीले सर्वसाधारणलाई भोट किन्न पैसा बाँडेको आरोपमा मुस्ताङको सदरमुकाम जोमसोममा शनिबार बिहानैदेखि गरिएएको प्रदर्शन ।

You may also Like this

थप समाचार

कीर्ते मुद्दा लागेका मालपोतका सुब्बा जेल चलान
कीर्ते मुद्दा लागेका मालपोतका सुब्बा जेल चलान

८ असार । मानव अपहरण र सरकारी कागजात कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान ...

नेपालद्धारा अमेरिकी सेनालाई वीरता पद
नेपालद्धारा अमेरिकी सेनालाई वीरता पद

७ असार, काठमाडौ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०७२ सालको विनासकारी भूकम्प पश्चात उद्दारका क्रममा हेलिकप्टर दुर्घटनामा ...

भारतले क्रिकेट हारेपछि तोडफोड र नाराबाजी अनि पुत्ला दहन ।
भारतले क्रिकेट हारेपछि तोडफोड र नाराबाजी अनि पुत्ला दहन ।

५ असार, काठमाडौं । आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो ...

ट्रकले स्कुले बालकलाई किच्यो
ट्रकले स्कुले बालकलाई किच्यो

५ असार । स्कुलबाट घर फर्किदै गरेका ६ बर्षीय बालकलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिबासस्थित गौरीडाँडामा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...