रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

२०७४ असोज ५ गते १४:४५ मा प्रकाशित


accc५ असोज, बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसको ट्रक नै दुर्घटनामा परेको छ ।

सो ट्रक बङ्गलादशेको कोक्स बजार नजिकैको एक सानो नगरमा दुर्घटनामा परेको हो । त्यसमा परी उक्त ट्रकमा रहेका कम्तीमा पनि नौ जना सहायताकर्मीको ज्यान गएको छ ।

उक्त क्षेत्रभन्दा केही परमात्र कम्तीमा पनि ४ लाख २० हजारजना रोहिङ्गा बसिरहेका छन् । प्रहरीका अनुसार रेडक्रसको उक्त ट्रकमा रहेका नौ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

त्यस ट्रकमा रहेका प्राय सबैजना मजदुरहरु थिए । उनीहरु ती शरणार्थीलाई खाद्यान्न लगायतका सामाग्री बितरणका लागि त्यहाँ जान लागेको थिए ।

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीको किनार र केही पर उनीहरु बस्दै आएका छन् । उनीहरुलाई खाद्यान्न तथा आधारभूत वस्तुहरुको पनि खाँचो रहेको बताइएको छ ।

उक्त क्षेत्रमा रेडक्रस र अन्य विदेशी सहायता संस्थाहरुले उनीहरुलाई खाद्यान्न, पानी, औषधि एवम् लत्ताकपडा पु¥याइरहेका छन् ।

म्यानमारमा त्यहाँको सेनाले उनीहरुमाथि कारबाही गरेपछि रोहिङ्गा मुस्लिम समुदायका नागरिक देश छोडेर बङ्गलादेश पुगेका हुन् । रासस

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...