करिब १ लाख २५ हजार रोहिङ्गा म्यानमारबाट भागेर बङ्गलादेश पुगे

२०७४ भदौ २२ गते ११:०६ मा प्रकाशित


rohinga२२ भदौ, बङ्गलादेश । म्यानमारमा केही समययता भड्किएको हिंसाका कारण यहाँको अल्पसंख्यक रोहिङ्गा मुस्लिम समुदायका करिब १ लाख २५ हजार बङ्गलादेश पुगेका संयुक्त राष्ट्रसंघले मंगलबार जानकारी दिएको छ ।

गत एघार दिनयता म्यानमारको राखिन राज्यमा भएको हिंसाको कारण १ लाख २३ हजार ६०० सय व्यक्तिले म्यानमार र बङ्गलादेशको सीमा क्षेत्र पार गरेर बङ्गलादेश पुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

हाल पुगेका म्यानमारका शरणार्थीका कारण बङ्गलादेशमा रहेको शरणार्थी शिविरहरूमा अत्यन्त भिडभाड भएको बताइको छ । यसअघि नै बङ्गलादेशमा करिब चार लाख रोहिङ्गा शरणार्थी रहेका बताइएको छ ।

म्यानमारमा गत अगस्त २५ बाट शुरु भएको हिंसाका कारण शरणार्थीको रूपमा त्यस समुदायका ती व्यक्ति बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार गत अगस्त २५ बाट मंगलबारसम्म बङ्गलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको संख्या करिब १ लाख २३ हजार ६०० पुगेको थियो । यो क्रम अहिले पनि जारी रहेको उनीहरूको भनाई छ ।

म्यानमारको राखिन राज्यमा पछिल्लो समय जाती र धर्मका कारण हिंसा भड्किँदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा शुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रम पनि बढेको हो । -एजेन्सी

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...