४ दिनमै यसरी सुक्यो डेढसय मिटर चौडा नदी

२०७४ बैशाख ७ गते १२:१६ मा प्रकाशित


river७ बैशाख । जलवायु परिवर्तनको निकै नराम्रो असर अहिले विश्वका नदीहरुमा पनि देखिन थालेको छ । जलवायु परिवर्तनको प्रभावकै कारण क्यानडाको एउटा नदी ४ दिनमै चक्रक्कै सुकेको छ । क्यानडामा वग्ने स्लिम्स नदी केवल ४ दिनमै सुकेर लोप भएको हो ।

अनुसन्धानकर्ताहरुले यसलाई जलवायु परिवर्तनको असरका रुपमा व्याख्या गरेका छन् । वैज्ञानिकहरुले प्रकृतिको यो आश्चर्यजनक घटनालाई रिभर पाइरेसी अर्थात् नदीको चोरी भन्ने नाम दिएका छन् ।


क्यानडाको सबैभन्दा ठूलो हिमनदी कास्काउल्सबाट सुरु हुने स्लिम्स नदी क्लाउन नदीमा गएर मिसिन्छ । जुन पछि युकोन नदी हुँदै बेरिंग सागरमा पुग्दछ । डेढसय मिटर सम्म चौडा रहेको स्लिम्स नदी सदियौँ देखि निरन्तर रुपमा वग्दै आएको थियो ।

द गार्जियनको रिपोर्ट अनुसार जलवायुमा आएको परिवर्तनका कारण हिमनदीको हिउँ निकै तिब्र गतिमा पग्लियो जसका कारण हिमनदीबाट निस्कने तिव्र गतिको पानीको बहावले अर्कै दिशा लियो । जसका कारण हिमनदीको पानी स्लिम्स नदीमा नभै अलास्का नदीमा पोखिन थाल्यो ।

वास्तवमा तिव्र बहावका कारण हिमनदीबाट बगेको पानीले फरक धार बनायो । जसका कारण स्लिम्स नदी आफ्नो पूरानो मार्गमा झण्डै लोप नै भएको छ । अर्थात् नदी वग्ने पूरानो ठाउँ अहिले सुख्खा बनेको छ । अहिले हिमनदीको पानी अलास्काको खाडीतर्फ बग्न थालेको छ ।

 

गार्जियनको रिपोर्टमा एक भूवैज्ञानिकले आफुले उक्त क्षेत्रको भ्रमण गरेको र नदी पूरानो मार्गमा लगभग सुकिसकेको बताएका छन् ।वैज्ञानिकहरुका अनुसार यस्तो खालको ठूलो परिवर्तनका लागि निकै लामो समय लाग्ने गर्दछ ।

यसअघि स्लिम्स नदी र अलास्का नदी लगभग उत्राउत्रैै थिए । तर अहिले जलवायु परिवर्तनका कारण स्लिम्स नदी झण्डै गायब भएको छ भने हिमनदीको बहान अलास्का नदीतर्फ जाँदा अलास्का नदी निकै ठूलो बनेको छ ।
एजेन्सी

You may also Like this

थप समाचार

​प्रहरीको नजरमा विप्लव समूह
​प्रहरीको नजरमा विप्लव समूह

काठमाडौँ । प्रतिनिधि र प्रदेशसभा चुनावलाई लक्षित गरेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले उम्मेदवारमाथिको आक्रमण ...

इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो
इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो

काठमाडौं, कात्तिक २६ । इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा ...

वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त
वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त

लण्डन । प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले साढे दुई वर्ष क्लब सम्हालेका प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । ब ...

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु

कात्तिक २० । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...