कथाकार श्रेष्ठको ‘ऋतु फेरिंदै जान्छ’ को विमोचन (फोटोफिचर)

२०७४ चैत्र १४ गते १०:१३ मा प्रकाशित


Ritu Pheridai Janchha bimochan (3)

काठमाडौँ । वनिता साहित्यिक त्रैमासिक पत्रिका र काठमाडौै विनायक शिक्षालयले इन्द्र कुमार श्रेष्ठ ‘सरित’लाई सम्मान गरेको छ । कथाकार इन्द्र कुमार श्रेष्ठ ‘सरित’को नविनतम कृति ‘ऋतु फेरिंदै जान्छ’को विमोचन कार्यक्रमको सो अवसरमा उनलाई सम्मान गरिएको हो ।

Ritu Pheridai Janchha bimochan (1)
कार्यक्रमको आयोजकको रुपमा वनिता साहित्यिक त्रैमासिक पत्रिका रहेको थियो भने सह आयोजकमा काठमाडौं विनायक शिक्षालय सिनामंगल रहेको थियो ।

Ritu Pheridai Janchha bimochan (10)

कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले गरेका थिए भने वरिष्ठ आख्यानकार गीता केशरी, बरिष्ठ कथाकार श्री माया ठकुरी, बरिष्ठ कथाकार भागिरथी श्रेष्ठ, काठमाडौ विनायक शिक्षालयका प्रिन्सिपल सम्झना लामा, एकेडेमीक डाइरेक्टर बाशु केसी, तिरुपती वोर्डिङ स्कुलका प्रतिनिधि इन्द्रमणी दाहाल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Ritu Pheridai Janchha bimochan (4)
कार्यक्रममा कथाकार इन्द्र कुमार श्रेष्ठ ‘सरित’ले हालसम्म दर्जनौ कृति प्रकाशित गरेको भएता पनि कथा संग्रहको हिसावले यो पाँचौ कृति रहेको भन्दै पाँचवटा मैनवत्ती प्रज्वलन गरेर उद्घाटन गरिएको थियो । कार्यक्रममा वनिता त्रैमासिक पत्रिकाका सम्पादक लक्ष्मी उप्रेतीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । रत्न पुस्तक भण्डार प्रकाशकको रुपमा रहेको उक्त पुस्तकमा विभिन्न सन्दर्भहरुलाई लिएर तयार पारिएको २५ वटा कथा रहेको लेखकले बताएका थिए ।

Ritu Pheridai Janchha bimochan (2)
कार्यक्रममा काठमाडौं विनायक शिक्षालयका प्रिन्सिपल सम्झना लामाले शिक्षालयको तर्फबाट र वनिता प्रकाशनको तर्फबाट लक्ष्मी उप्रेतीले दोसल्ला र सम्मानपत्रका साथ सम्मान गरिएको थियो । सह आयोजकं विनायक शिक्षालय सिनामंगलले स्रष्टाको सम्मान स्वरुप नगद पुरस्कार समेत प्रदान गरेको थियो ।

Ritu Pheridai Janchha bimochan (6)
कार्यक्रमको सञ्चालन काठमाडौं विनायक शिक्षालयकी शिक्षिका शान्ति गुरुङले गरेकी थिइन् ।

Ritu Pheridai Janchha bimochan (9)

Ritu Pheridai Janchha bimochan (5)

Ritu Pheridai Janchha bimochan (8)

 

You may also Like this

थप समाचार

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न
६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि  ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय ...

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार
फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...