खुलापत्र: हामिले दिएको रेमिटेन्समा कतिन्जेल रजाइ गर्ने?

२०७३ जेष्ठ १७ गते १३:३७ मा प्रकाशित


सम्माननिय प्रधानमन्त्री ज्यु, तथा सम्पुर्ण मन्त्रीज्युहरु,

यो अत्यास लाग्दो खाडिको मरुभुमीबाट प्रदेशिको नमस्कार !

म नेपाली हुनुमा सधै गर्भ गर्छु किन कि मेरो वीर पुर्खाको ईतिहास मैले राम्रो सङ्ग घोकेको छु । त्यसैले अङ्ग्रेज हरु सङ्गको लडाइँमा मेरो पुर्खाले नहारेको र झुक्न नजानेको इतिहासलाइ मैले हर पल हर क्षण आत्मसाथ गरि आफू नेपाली हुनुको एउटा खुशी बाड्दै नेपालीको शिर उचो राख्ने यात्रामा लागि परेकै छु ।
प्रधानमन्त्री ज्यु,

मैले आज नबोली नहुने भयो । म र मेरो ब्याक्तिगत जीवन को इतिहास अलि फरक छ । अहिले म बाध्यता ले भन्दै छु म उमेरमा अलि काचै छु तर यो देशको दुईवटा सत्ता सङ्ग को संघर्षबाट मैले ठूलो धोका खाइसकेको जिबन्त इतिहास म सङ्ग ताजै छ । यो इतिहासले भोलि कुनै दिन मेरो आउने पिडिले अनुसरण गरेर पक्कै पनि तपाईंको विरुद्ध संघर्ष त गर्ला नै तर मैले यहाँ तपाईंको नेतृत्व मा रहेको सरकारले ल्याएको बजेटको बारे थोरै भन्न मन लाग्यो ।
म जस्तै कलिला युवाले देशको अर्थतन्त्र धानेका छन भन्दा तपाइलाइ हासो लाग्दो हो । आखिर हामिले भन्ने ठाउँ पनि त छैन । किन कि तपाईंले म र मेरो यो पुस्ताको थोरै चिन्ता गरेको हुदो हो त आज यो मरुभूमिको तातो बालुवा सङ्ग हामिले बालुवाटारको रेमिटेन्स जोगाउन यति ठुलो संघर्षको रुप जीवनमा अंगांल्ने थिएनौ । सायद यो बेला हामी हाम्रो देश नेपालको कुनै उद्योग मा रोजगारी भएर बसेका हुन्थ्यौ होला । तर अहिले ५५ डिग्री को घाममा आफ्नो देशको अस्तित्व राख्न गुलामी भएर बस्न बाध्य छौ ।

म ५५ डिग्री को घामसङ्ग दिनभरी तातो बालुवामा लट्पटिदै आजको दिनलाइ धकेली रहेको थिए । नेपालमा २०७३७४को लागि तपाईं नेतृत्वको सरकारले बजेट पेश गरेको रहेछ दिन भरीको थकानले थलिएको ज्यान अनि आज आराम गरौ भनेर कोठामै बसे मैले जब अखबारका पाना पल्टाएर हेरे विभिन्न शिर्षक र उपशिर्षकमा बडो महत्व काक्षी बजेट पेश गरिएको रहेछ । सकरकारको नेतृत्व रास्ट्रपति देखि प्रधानमन्त्री र मन्त्री सांसदहरूको मासिक भत्ता बढाउनु भएछ खुसी लाग्यो । किनकि मैले सोचेको थिए सरकारलाई मैले तिरेको रेमिटेन्स कुनै उद्योग धन्दा र कलकारखानामा कहि लगानी भैहाल्छकि भन्ने ठूलो मलाइ चिन्ता थियो । तपाइँको बुद्धि ले यो चिन्ता केही समय का लागि टर्यो ।

बिकसित मुलुकमा म अबिकसित देशको नागरिक भएर १८ घन्टा लेबरी गरेर धौ धौले जेनतेन देशको अर्थतन्त्र र मेरो पारी बारिक जीवन धानिरहेको छु । तपाईं जस्तै बकमफुसे नेताको जस्तो अर्काको श्रम पसिनामा लिखित र नाराले भरीएको बजेट भासण गरेको जस्तो हुदैन । यो देश के हो रु र देश कसरी चलेको छ तपाईं म रहेको मुलुकमा आइ मेरो दिन चर्या हेर्न म सबिनय अनुरोध गर्दछु अनि तपाईं देशको प्रधानमन्त्री र रास्ट्रपति सांसदहरू को भत्ता बढाएर मेरो पसिनामा रजाइ गर्नु होला ।

कस्तो काहालि लाग्दा दिनहरु छ्न यो मरुभुमीमा यता गणतन्त्रको निम्ति लडेका योद्धा यहि बालुवा सङ्ग लट्पटिएका छन यहाँ समाज परिवर्तनको निम्ति भनेर हिडेका तर तपाई नेताले नै अयोग्य भनेर समाजबाट तिरिस्कृत हुन बाध्य पारिएका पुर्ब छापामार पनि यहि मरुभूमि मै जीवन ब्याबस्थापनको भबिश्य खोजीमा भौतारी रहेका छन । हिजो अयोग्य भनेर मिल्काइएका ती छापामारको रिन खादै गर्दा आज आफ्नो भत्ता कसरी र कसको मेहेनतले बढ्यो यो त थोरै बुझौ प्रधानमन्त्री ज्यु,

कसरी अयोग्य भए छन् त ती आकाश , बारुद , र योद्धा केही मेसो पाएर दुई लाखले आफ्नो लाज छोप्न खोजिएको हो वा उनीहरुले पठाएको रेमिटेन्स खाएर ब्याज तिर्न खोजिएको हो । देशको अर्थतन्त्र धान्न सक्ने ती आकाशहरु के को लागि अयोग्य भए छन् यो के उत्तर पाउन सकिन्छ । त्यसैले हो मैले यी आकाशहरुलाइ हेरे अनि मेरो इतिहास लाई सम्झे गणतन्त्र र देशको बजेट आयो भन्नूमा मलाई कुनै गर्भ छैन । सरकार श्रीपेच खोलिएको छ तर श्रीपेच रहिदका सासकहरु रहुन्जेल मेरो नेपाल आमाको आँसु बगिरहेको हुनेछ यो श्रीपेच सितको अर्को लडाइ फेरि लड्न जरुरी छ । विवस कुमार सेजुवाल

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...