माछा उत्पादनमा वृद्धि राष्ट्रिय अर्थतन्त्रमा संवृद्धिः युवा कृषि उद्यमी घोरासैनी

२०७३ असार ३१ गते १४:०५ मा प्रकाशित


काठमाडौँ ।  नेपाल कृषि प्रधान देश हो । यहाँका धेरैजसो मानिसहरु परम्परागत कृषि व्यवसायमै आश्रित छन् । तर आज हामी यस्ता व्यक्ति संग कुरा गर्दैछौ जसले लगभग ३ करोडको लागानीमा व्यवसायिक ट्राउट माछा पालन व्यवसाय सञ्चालनमा ल्याएर राम्रै आम्दानी हासिल गरिरहेका छन् ।
उनै युवा कृषि व्यवसायी रेन्वो ट्राउट माछा एसोसियशनका वरिष्ठ उपाध्यक्ष महेन्द्र घोरासैनीसंग मत्स्य पालन विषयमा ktmkhabar.com का लागि रबि भट्टराईले गरेको कुराकानीको संपादित अंश :

ktmkhabar-special-talk-show-ghorasaini-krishi-
केटिएम खबरमा स्वागत छ ?
धन्यवाद ।
के मा व्यस्त हुनुहुन्छ ?
आजकाल रेम्बो ट्राउट माछाको सेन्सेटिभ टाईम भनिन्छ यो समयलाई । भर्खरै नेपाल मत्स्य व्यवसायी संघको अधिवेसन भएको थियो हेटौडामा त्यहा व्यस्त थिए चार पाँच दिन । हालसालै तिब्बतमा आएको बाढीले हाम्रो फर्म र आसपासका वस्तिहरुमा क्षति भएको हुनाले केहिदिन देखि त्यता व्यस्त थिए भरखरै काठमाडौं आएको छु ।
ट्राउट माछा पालनमा के सम्भावना देखेर यो क्षेत्रमा हात हाल्नुभयो ?
नेपालमा अत्यन्तै गुणस्तरीय खाद्ययान्नको अभाव भएको मैले महशुस गरे ,मेरो गुणस्तरीय खाना उत्पादन गर्ने सानै देखिको सोच थियो । मैले सुने रेम्वो ट्राउट माछा स्वस्थ्यको लागि अत्यन्तै लाभदायक हुन्छ ,यो सेवन गर्दा मुटुुलाई फाईदा हुनुका साथै रगतलाई सफा गर्ने तत्वहरु यो माछामा पाईन्छ ओमेगा थ्री भन्ने तत्व पाईन्छ यसको सेवनले स्वस्थ रहन सकिन्छ भन्ने मैले सुने यसैले मलाई उत्प्रेरित गरायो र हामीले यसको अध्ययन पनि गर्यौ नेपालको भुगोल, माटोे सुहाउँदो पाखा पखेरामा यो व्यवसाय गर्न सकिने देखेर मैले यो व्यवसायमा हात हालेको हँु ।
यो व्यवसायमा लगानी चाहि कति छ नि ?
अत्यन्तै राम्रो प्रश्न सोध्नु भयो । अत्यन्तै ठुलो लगानी छ यसमा प्रतिफल धेरै समय कुर्नु पर्छ, भिरालो पाखामा गर्ने हुदा बाढि पहिरोको पनि जोखिम छ । अत्यन्तै सेन्सेटिभ छ । माछा बचाउँन गारो पर्छ । यो माछा नेपाल सरकारको पहिलेको तथ्यङ्क हेर्ने हो भने जम्म २२ प्रतिशत मात्र सर्भाइव गरेको रेकर्ड छ । तर प्राईभेट सेक्टरमा हामीले थालिसकेपछि हामी पनि कामगर्दै जादा विज्ञ बन्दै गयाँै अहिले लगभग ७३ प्रतिशत सर्भाइव गरेका छौ, यसलाई राम्रै भन्नु पर्छ ।

ktmkhabar-special-talk-show-ghorasaini-with-rabi-bhattarai
लगभग तीन करोडको लगानीमा व्यवसाय खोल्नुभा छ व्यापार प्रवर्दन चाँही कस्तो छ नि ?
यो समस्या छ । नेपालमा यो अलिकती टाउको दुखाईको विषय छ तर यतिहुँदा हुदै पनि सबैले यो माछा खान पउनु पर्यो सरकारले पनि यो विषयमा चासो देखाउनु पर्छ । अहिले यो माछा अलि महङ्गो छ तर सबै सर्वसाधारणले खानसकुन भन्नेमा हामी लागिरहेका छौ ।
अन्य माछाहरु पनि यहाँ पलिन्छन, तर विशेष ट्राउट चाँही हाम्रो हावापानी मा सप्रन्छन् हो ?
हो हाम्रो हावापनीमा यो माछा सप्रन्छ चिसो पानीमा, बगेको पानीमा हुने भएकोले गुणस्तरको तुलनामा यो अत्यन्तै राम्रो माछा हो । नेपालमा ५१ जिल्लाहरुमा यसको सम्भाव्यता अध्यायन गरिएको छ र २६ जिल्लामा उत्पादन सुरु भई सकेको छ । र हामी यसको व्यवसायीकरणमा लागि रहेका छांै ।
तपाई रेम्बो ट्राउट व्यवसाय संघको वरिस्ठ उपाध्यक्ष पनि हुनुहुन्छ नि, यो के का लागि ?
यो व्यवसायिक हकहितको लागि हो । समस्या तथा निराकरणका उपायहरु व्यवसाय साथीहरुसँग छलफल गर्ने अझ राज्यका सम्बन्धित निकायमा बहस पुर्याएर कृषि व्यवसायलाई प्रोत्साहन गर्ने नै हाम्रो उद्देश्य हो ।
सरकारले सहयोग गरेन भन्नु भयो नि के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
त्यसो त भनिनहालौँ सहयोग गरेकै छ हामीलाई निःशुल्क प्राविधिक उपलब्ध गराएको छ तर यति हँुदाहुदै पनि यथोचित नजर पुगेन भन्ने हो । यो माछाको दाना एकदमै महङ्गो छ यसलाई हाई प्रोटिन दाना चाहिन्छ त्यसैले माछा महङ्गो त हुने नै भयो । यो माछा एक वर्षमा मात्रै एक पाउको हुन्छ अनि सिमेन्टेड पोखरी चहिन्छ त्यसैलेपनि अलि महङगो हुन्छ । यो निरन्तर बगिरहने पानीमा मात्र सम्भव छ ।
यो माछा केजीको कसरी बेच्नु हुन्छ ?
एकरुपता यसको मूल्यमा छैन यस विषयमा हामी छलफल गरिरहेका छौ तर उपभोक्ताले खादा १५ सय पर्न आउछ यहा बिचौलीयाहरुले एकरुप हुन दिदैनन् । यसलाइ निराकरण गर्नु पर्छ भनेर हामी लागिरहेका छौ । मुख्य दानाको समस्या,प्राविधिक समस्या र आषधिको समस्या छ र ढुवानीमा पनि टेम्पेरेचर मेन्टेन गर्नुपर्ने भएकोले अलि समस्यै छ ।
यो व्यवसाय खोलेर घाटा त छैन ?
घाटा त छैन तर कतिपय साथीहरु पलायन हुनुभएको देख्दा दुख लाग्छ । राम्रो अध्ययन गरेर गरियो भने घाटा छैन यसको बजार नेपालमा मात्र हैन छिमेकी मुलुक लगायत अन्य मुलुकमा पनि संभावनाहरु छन् ।

ktmkhabar-special-talk-show-ghorasaini-krishi-
देशमा राजनीतिक खिंचातानि छ, लगानी ठुलो छ, व्यवसायमा सन्तुष्ट हुनुहुन्छ ?
ठिकै छ । त्यस्तो धेरै तत्कालै नाफा त छैन तर ट्राउट माछाका अलवा सिताकी च्याउ, किवी, एभोकाडोको पनि मैले खेति गरेको छ । मैले सुनेको थिए अघिल्लो दिन लौका फ्रिजमा राखेको लौकाले भोलीपल्ट आफै ढोका खोल्यो र बहिर निस्क्यो हो यस्तो नहोस शुद्ध हाईजेनिक खान पईयोस भन्नेमा म लागिरहेको छु सन्तुष्टै छु ।
युवाहरु दिन प्रतिदिन बाहिरिएका छन् ,कस्तो लाग्छ ?
दुःख लाग्छ नि, म आफैँ पनि सुरुका दिनमा विदेशिने मानसिकतामा थिए । नेपालमा व्यवसाय गर्ने वातावरण पनि थिएन तत्कालिन अवस्थामा फेरि लगानी सुरक्षित हुने त्यो खालको वातावरण अहिले पनि छैन त्यसतर्फ राज्यले पहल कदमी गर्नुपर्छ भन्ने लाग्छ ।
के भईदियो भने व्यवसाय सफल हुन्छ जस्तो लाग्छ ?
यसका लागि नेपाल सरकार कृषि विकाश मन्त्रालय मातहतमा समन्धित व्यवसायमा विज्ञहरु मार्फत टेक्नोलोजीको बारेमा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी दिएर व्यवसायिक तवरबाट अघी बढ्नलाई उत्प्रेरित गर्न जरुरी छ ।
नयाँ आगन्तुक व्यवसायिक युवाहरुलाई केही भन्नु छ ?
वास्तवमै कृषि व्यवसायमा आउनेलाई विशेष अध्ययन गरेर लाग्नुस् डराउनुपर्ने अवस्था छैन ।
अनि यो ट्राउट माछा महङ्गो रहेछ सर्वसाधारणले खान सक्छन् त ?
मैले अघि पनि भनिसके लगानीको हिसाबले यो थोरै महङ्गो छ तर यसलाई खसीको मासुको मुल्य बराबर आउनु पर्छ र सर्वसाधारणको पहुंचमा हुनपर्छ भन्नेमा हामी लागिरहेका छौ ।
यहिको माटोमा संंभावना छ भनेर मैले भने भने ?
एकदमै राम्रोकुरा हो । मेरा कुराहरु बाहिर ल्याउने अवसर दिनुभएकोमा म तपाईहरु प्रति आभारी छु । अब हामी व्यवसायमा लाग्नै पर्छ मेरो एउटा स्लोगन पनि छ , माछा उत्पादनमा वृंंद्धि राष्ट्रिय अर्थतन्त्रमा सवृद्धि भन्ने नाराका साथ अब हामी लाग्ने नै हो सुरु आफँैबाट गर्ने हो ।
अब अन्त्यमा केही भन्नु छ कि ?
म त के भन्न चाहन्छु भने पसिना खाडीका देशमा खन्याउनु भन्दा आफ्नै देशमा खन्याउनुहोस् यहाँ प्रचुर संभावनाहरु छन् । यहि देशको माटो सुुन फलाउन सकिन्छ यसमा शंका छैन ।

You may also Like this

थप समाचार

भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही सिफारिस
भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही सिफारिस

काठमाडौं, साउन १२ । भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृहमन्त्रालयलाई अनुरोध ग ...

पाँच दिनदेखि उडान ठप्प, सर्वसाधारण मर्कामा

११ साउन । भोजपुरको एक मात्र विमानस्थल टक्सार विमानस्थलमा ५ दिन देखि उडान ठप्प हुदाँ सर्वसाधारण नागरिक मर्कामा परेका छन् । लाम ...

बिजुक्छे भन्छन्, सांसद किनबेच नभए संविधान संशोधन हुदैँन
बिजुक्छे भन्छन्, सांसद किनबेच नभए संविधान संशोधन हुदैँन

भक्तपुर, साउन ११ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सांसद खरिद–बिक्री नभए संविधान संशोधनले पूर्ण ...

अब फ्रि इन्टरनेट !
अब फ्रि इन्टरनेट !

काठमाडौं, साउन ११ । नेपाल दूरसञ्चार प्राधिकरणले देशका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीमा निःशुल्क इन्टरनेट सेवा वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...