‘पर्व’को नयाँ गीत रिलिज (भिडियो)

२०७४ बैशाख २४ गते ११:३६ मा प्रकाशित


parva२४ बैशाख । चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले युटुबमा १ करोड भन्दा बढी दर्शकको साथ पाइसकेको छ । यो गीत अहिले दर्शकको मुखमा झुन्डिएको छ ।

पहिलो गीतले १ करोड भन्दा बढी दर्शक पाएपछि यसको निर्माणपक्षले चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक गरेको छ । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश ‘जिन्दगानी तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ ।

यो गीतको दृश्य उत्कृष्ट छ । साथमा, चलचित्रका मुख्य कलाकार नायिका नम्रता श्रेष्ठ र गायक तथा नायक कोशिश क्षेत्रीको केमेष्ट्री गजबको देखिएको छ । चलचित्रमा माला लिम्बु, केशव भट्टराई, जेविका कार्की लगायतका कलाकारको पनि अभिनय छ ।

कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, वनिष शाहको सम्पादन, चन्द्र पन्तको एक्सन यो चलचित्रमा छ । सस्पेन्स थ्रीलर कथामा बनेको यो चलचित्रको ट्रेलर पनि रुचाइएको छ ।

 

You may also Like this

थप समाचार

यसरी गरिदैँ छ मतगणना !
यसरी गरिदैँ छ मतगणना  !

३ असोज, काठमाण्डौं । प्रदेश नं. दुईमा सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाका लागि अधिकांश ठाउँमा तारजालीले घेरेर मतप ...

राजपाले खाता खोल्यो
राजपाले खाता खोल्यो

धनुषा, असोज ३ । दुई नम्बर प्रदेशका १३६ स्थानीय तहको मतगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार राजपाले पनि खाता खोलेको छ। धनुष ...

११६ वर्षीय बृद्ध द्धारा मतदान !
११६ वर्षीय बृद्ध द्धारा मतदान !

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ...

आन्तरिक लेखा परीक्षणमै अनियमितता
आन्तरिक लेखा परीक्षणमै अनियमितता

काठमाडौँ, भदौ ३१ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...