किन चड्काइन रेखा थापाले आफ्नै साथीको गाला ?

२०७२ माघ १६ गते २१:५३ मा प्रकाशित


शिवशक्ति आचार्य,
नेपाली चलचित्र जगतमा हिम्मतवाली नायिकाको रुपमा चिनिन्छिन रेखा थापा । उसो त उनको हिम्मत चलचित्रमा मात्र सिमित छैन, आफ्नो वास्तबिक जीबनमा पनि उत्तिकै हिम्मतवाली छिन् उनि । अरुले आफुले गरेको कामलाई जे सुकै सोचोस तर आफुले राम्रो सोचेर गरेको काम छ भने त्यसलाई अगाडि बढाए रै छाड्ने उनको स्वभाब छ । कहिले दुर्गाको रुपमा त कहिले कालीको रुपमा रेखाको हिम्मतिलो अभिनय दर्शकले हेरी सकेका छन् । उनी वास्तबिक जीबनमा पनि निकै निडर र हक्कि स्वभाव कि छिन् । आफुलाई मन नपरेको कुरा तत्काल प्रतिबाद गरि हाल्ने उनको स्वभाव छ । कति पय कुरा जन्मजात बिशेषता भन्नु पर्छ । सानै देखि आफुलाई मन नपरेको कुरामा आवाज उठाउथिन् ।
महिलालाई महिला भए कै कारण गरेको भेदभाव उनलाई फिटिक्कै मन पर्दैन । आफ्नै परिवारमा पनी आमाले खाना दिदा दाजु र आफुलाई छुट्याउदा होस् या बाबुुसंग आमा हेपिएर बस्दा नै किन नहोस् रेखाको चित्त बुझ्दैनथ्यो र तत्काल आमासंग जवाफ मागीहाल्थिन । घरपरिवार, समाज, बिद्यालय सबैतिर उनको छुट्टै पहिचान थियो । एक पटकको कुरा हो संगै पढ्ने एक जना साथीले आफ्नो नाममा उनको नाम प्लस गरेर लेखे छन् त्यो थाहा पाउने बित्ति कै हिम्मतवाली रेखाको हिम्मतको पारो चढ्यो र सिधै गएर उसको गाला चड्काइदिइन ।
आफ्नै संसारमा रमाउन चाहने उनलाई कसैले घमण्डी भने पनि कुनै फरक नपर्ने बरु त्यो आफ्नो स्वभाब भएको र त्यसैले आफुलाई सफल बनाएको उनको तर्क छ । नेपाली महिलाहरुले सधै परनिर्भर भएर पुरुषको दासत्व सहेर बस्न नहुने भन्दै आफ्नो अस्तित्वको लागि महिलाहरुले बिद्रोह गर्नु पर्ने उनको भनाइ छ ।
आफु एउटी नायिका मात्रै नभएर समाज परिवर्तनको अभियानता समेत भएको बताउने उनले अहिले आफुले बोलेको कुराको खास महत्व नभए पनी निती बनाउने ठाउमा पुगेर महिलाहरुको उत्पिडनको आवाजलाई नितीमा नै समाबेश गर्ने उनको योजना छ । जीन्दगिको खुसिलाई नै सफलता मान्ने उनले पैसा र भौतिक सुख सुबिधालाई मात्रै सफलता मान्न नहुने बताउछिन् ।
अरुको किताब मात्र पढ्दा या बोक्दा त केबल भरिया मात्र भइन्छ बरु आफै श्रृजनसिलता तिर लाग्नु पर्छ भन्ने उनको कुरा सुनिरहदा यस्तो लाग्छ साच्चै रेखा केहि गरेर देखा भन्न कै लागि उनको जन्म भएको हो ।

तस्विर : रेखा थापाको फेसबुकबाट
( संचारकर्मी शिवशक्ति आचार्यको प्रकाशोन्मुख पुस्तक रोल मोडेलका लागी गरिएको कुराकानीमा आधारीत )

You may also Like this

थप समाचार

मौन अवधि भोलीबाट, के–के गर्न पाइँदैन ?
मौन अवधि भोलीबाट, के–के गर्न पाइँदैन ?

काठमाडौँ । मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि भोलीबाट मौन अवधि सुरु हुदैछ ।प्रदेशसभा र ...

देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर ओलीले यसो भने !
देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर ओलीले यसो भने !

डडेलधुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार पटकसम्म प्रधामन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द ...

रामहरिको भिष्म प्रतिज्ञाः अन्तिम स्वाश रहेसम्म ओखलढुंगे जनताको सेवामा लाग्छु ।
रामहरिको भिष्म प्रतिज्ञाः अन्तिम स्वाश रहेसम्म ओखलढुंगे जनताको सेवामा लाग्छु ।

काठमाडौँ । पुर्वी पाहाडी जिल्ला ओखलढुंगाका प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेद्वार नेता रामहरि खतिवडाले जिल्लामा आफ ...

पहिलो चरणमा कसरी हुँदैछ मतदान ?
पहिलो चरणमा कसरी हुँदैछ मतदान ?

४ मंसिर, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करीव ३१ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...