एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी

२०७४ कार्त्तिक २० गते ०९:२५ मा प्रकाशित


real madrid-win

२० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले लास पालमसलाई ३–० ले हराएर महत्वपूर्ण तीन अंक जोडेको हो ।

च्याम्पियन्स लिग अन्तर्गत टोटनह्यामसँगको हारबाट बाहिर निस्कँदै जित लिगमा जित निकाल्ने क्रममा रियल मड्रिडका लागि कासेमिरो, मार्को एसेन्सिओ र इस्काले गोल गरे । गएको सिजन ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि जितेको रियल मड्रिडले आफ्नो खेलको उच्च स्तरको लय समात्न अझै सकेको छैन । तर आइतबार रातिको खेलमा भने रियलको प्रदर्शन अघिल्ला खेलमा भन्दा धेरै सुधार भएको विश्लेषकले बताएका छन् ।

४१ औं मिनेटमा कासेमिरोलो गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । दोस्रो हाफको सुरु ९५६ औं मिनेट० मा मार्को एसेन्सिओले ३० यार्डबाट प्रहार गरेको रकेट सटमार्फा भएको गोल ला लिगामा यो सिजनमा अहिलेसम्मकै उत्कृष्ट गोल रहेको विश्लेषण गरिएको छ । ७४ औं मिनेटमा इस्कोको गोलका लागि सहयोग गरेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो आफैले भने गोल गर्न सकेनन् । यो सिजन लिगका सुरुका चार खेल गुमाएका रोनाल्डोले अहिलेसम्म लिगमा एक गोल मात्रै गरेका छन् । जितपछि तेस्रो स्थानको रियलको ११ खेलबाट २३ अंक भएको छ ।

रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ८ अंकले पछि छ भने दोस्रो स्थानको भ्यालेन्सिया भन्दा चार अंकले । राति नै भएका अरु खेलमा जिरोनाले लेभान्टेलाई २–१ तथा सेल्टा डि भिगोले एथ्लेटिको बिल्बाओ र रियल सोसिडाडले एइबरलाई समान ३–१ ले हराए । यस्तै भिल्लारियलले मालागालाई २–० ले हरायो ।

You may also Like this

थप समाचार

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

म्यान्चेस्टर सिटी विजयी
म्यान्चेस्टर सिटी विजयी

काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान ...

वाम गठबन्धन टुट्दैनः प्रचण्ड
वाम गठबन्धन टुट्दैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...