युरोपको राजा रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा...

२०७४ बैशाख २८ गते ११:१८ मा प्रकाशित


real-madraidवैशाख २८ । साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि समग्रमा ४–२ को जितसहित रियल मड्रिड फाइनलमा पुगेको हो ।

फाइनलमा पुगेको रियल मड्रिडले बनाएका केही कीर्तिमान

रियल मड्रिड युरोपियन कपरच्याम्पियन्स लिगको फाइनलमा सबैभन्दा धेरै पटक पुग्ने क्लब हो । रियल अहिलेसम्म १५ पटक फाइनलमा पुगेको छ । दोस्रो स्थानमा एसी मिलान छ । मिलान ११ पटक फाइनलमा पुगेको छ । सन् १९५६ देखि १९६० सम्म लगातार पाँचपटक उपाधि जितेपछि रियल मड्रिड पहिलो पटक लगातार दुई सिजन फाइनलमा पुगेको हो ।
रियल मड्रिड हार्‍यो, तर पुग्यो च्याम्पियन्स लिग फाइनलमा

रियल मड्रिडले च्याम्पियन्स लिगमा अहिलेसम्म चार सय ९९ गोल गरेको छ । च्याम्पियन्स लिगमा ५०० गोल गर्ने पहिलो टिम बन्नका लागि उसलाई अब मात्रै एक गोलको खाँचो छ । रियल मड्रिडले यसअघिका १४ फाइनलमा ११ पटक जितेको छ । युभेन्टसले दुई पटक उपाधि जितेको छ भने ६ पटक फाइनलमा पराजित भएको छ । जनु फाइनलमा हारमा कीर्तिमान हो । प्रतियोगिताको नाम युरोपियन कपबाट च्याम्पियन्स लिग बनेपछि रियल र युभेन्टस छैटौं पटक फाइनलमा पुगेका हुन् । उनस एसी मिलानले बनाएको कीर्तिमानसँग बराबरी हो । एथ्लेटिको मड्रिड उही प्रतिद्वन्द्वीबाट लगातार चार सिजन पराजित हुने पहिलो टिम हो ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...