च्याम्पियन्स लिगः आज एट्लेटिकोसँग रियल भिड्दै

२०७४ बैशाख १९ गते २१:५० मा प्रकाशित


Real vs at. madridकाठमाडौँ । च्याम्पियन्स लिगको सेमिफाइनलमा आज नेपाली समय अनुसार राती साढे १२ बजे रियल र एट्लेटिको म्याड्रिड भिड्दै छन् ।

यी दुवै टोली गत वर्ष च्याम्पियन्स लिगको फाइनलमा भिडेका थिए। त्यतिबेला जिदानकै नेतृत्वमा निर्धारित समयको खेल बराबरीमा टुँगिएपछि रियलले पेनाल्टीमा उपाधि जितेको थियो। यतिबेला जिदान च्याम्पियन्स लिगको उपाधि लगातार जित्ने अभियानमा छन्।
पहिलो लेगको खेल आज सान्टियागो बेर्नाबेउमा हुँदैछ। जिदानले छुट्टै प्रतिस्पर्धा भएको हुनाले प्रतिद्वन्दी एट्लेटिकोलाई आफूले कम नआकेको बताएका छन्। आजको खेलमा पिढुँलाको चोटका कारण गारेथ वेल अनुपस्थित हुनेछन्। जिदान आफ्नो स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँगै भर परेको बताइएको छ। जर्मनी क्लब वायर्न म्युनिखविरुद्ध क्वाटरफाइनलमा ५ गोल गर्दै रोनाल्डोले आफूलाई प्रमाणित गरिसकेका छन्।
‘एट्लेटिकोले सधै हामीलाई कडा चुनौति दिँदै आइरहेको छ,’ फ्रान्सका पूर्व मिडफिल्डर जिदानले भने, ‘उनीहरुको सबैभन्दा बलियो पक्ष भनेको हार नमान्नु होँ, ’ उनले पछिल्लो ४–५ वर्ष यतादेखि एट्लेटिकोले निकै सुध्रिढ खेल खेल्न थालेको स्विकार गरेका छन्।
जिदानको नेतृत्वमा रियलसँगको ४ भिडन्तमध्ये एक मात्र डिएगो सिमोनीको एट्लेटिकोले जितेको छ। आजको खेलमा एट्लेटिको चोटका कारण आफ्नो तीन डिफेन्डरको अनुपस्थितिमा मैदानमा उत्रिनेछ। उरुग्वेका सेन्टर ब्याक जोसे गिमेनेज, रियलका पूर्व राइट ब्याक जुवानफ्रान र क्रेएसियाली फुल ब्याक सिमे भार्सल्को आजको खेलमा अनुपस्थित हुनेछन्। यस्तै, चोटका कारण बेल्जियम विङ्गर यानिक कारास्को पनि खेल्ने सम्भावना कमजोर मानिएको छ।

You may also Like this

थप समाचार

तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? २ मिनेटमै जान्नुस्
तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? २ मिनेटमै जान्नुस्

काठमाडौं । तपाईलाई तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बत ...

यी ११ कुराहरु तपाईको फेसबुक प्रोफाईलमा छ भने तत्काल हटाइदिनुस् , नत्र पछुताउनु पर्ला !
यी ११ कुराहरु तपाईको फेसबुक प्रोफाईलमा छ भने तत्काल हटाइदिनुस् , नत्र पछुताउनु पर्ला !

१२ जेठ । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ ...

संघीय गठवन्धनद्धारा आन्दोलनको घोषणा, चुनाव प्रभावित हुने सक्ने
संघीय गठवन्धनद्धारा आन्दोलनको घोषणा, चुनाव प्रभावित हुने सक्ने

१२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्र ...

फेसबुक निर्माता जुकरवर्गले १२ वर्षपछि पाए हार्वर्ड डिग्री
फेसबुक निर्माता जुकरवर्गले १२ वर्षपछि पाए हार्वर्ड डिग्री

एजेन्सी, जेठ १२ । फेसबुक संस्थापक मार्क जुकरवर्गले हार्वर्ड विश्वविद्यालयको छात्रावास कोठाबाट आफ्नो चर्चित सामाजिक सञ्जाल फेस ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...