आज राष्ट्रियसभा निर्वाचन, सदस्यको पदावधि गोला प्रथाबाट

२०७४ माघ २४ गते ०८:३२ मा प्रकाशित


Nirbachan-aayog-election-commission

काठमाडौं २४ माघः स्थायी सदन राष्ट्रियसभा सदस्यको निर्वाचन ६ वटा प्रदेशमा बुधबार हुँदैछ । प्रदेश २ बाट सबै निर्विरोध निर्वाचित भइसकेकाले १, ३, ४, ५, ६ र ७ प्रदेशमा शुक्रबार निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभाका ५६ सदस्य चयनका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध भइसकेकाले बाँकी ३२ पदमा मात्र निर्वाचन हुने छ । ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

कुन प्रदेशको निर्वाचन केन्द्र कहाँ ?

प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ३ को जवालाखेल चिडियाखाना अगाडि रहेको ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा निर्वाचन हुने छ ।

यसैगरी प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा, प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा निर्वाचन केन्द्र तोकिएको छ ।

कहिले आउला नतिजा ?

बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म निर्वाचन हुने र पाँच बजेदेखि नै गणना सुुरु गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार २६ गतेभित्र सबै परिणाम सार्वजनिक गर्ने लक्ष्य भए पनि त्यसअघि नै नतिजा निकाल्ने गरी काम तयारी गरिएको बताए ।

‘हाम्रो लक्ष्य २६ गते हो तर भोलिदेखि नै परिणाम आउन सुरु हुन्छ,’ ढकालले अनलाइनखबरसँग भने ।

राष्ट्रियसभा सदस्यको पदावधि गोला प्रथाबाट

प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुख मतदाता हुन् । उनीहरुले नै राष्ट्रियसभा सदस्य चुन्नेछन् ।

स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरी १ हजार ५०६ जना मतदाता छन् । प्रदेश सभाका ५ सय ५० सांसद छन् । स्थानीय तहको एक मतदाता बराबर १८ भोट र प्रदेश सांसदको एक भोट बराबर ४८ मतभार कायम गरिएको छ ।

राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ । तर संविधान लागू भएपछि पहिलोपटक हुन लागेको निर्वाचनबाट जित्ने सदस्यको पदावधि .गोलाप्रथाको माध्यमबाट कायम गरिने छ । एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम गरिने छ ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना प्रत्यक्ष निर्वाचन प्रणाली र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान छ ।

साभारः अनलाईन खबर डटकम बाट । 

You may also Like this

थप समाचार

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न
६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि  ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय ...

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार
फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...