काठमाडौँ क्षेत्र नं. ३ को दशौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कान्तिपुरमा सुरु (भिडियो)

२०७४ चैत्र २८ गते २३:१० मा प्रकाशित


Rastrapati running shild I Kantipur academy (1)

काठमाडौँ । काठमाडौँ खेलकुद विकास समितिको आयोजना र बौद्ध पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाई स्कुलको संयोजनमा काठमाडौँ क्षेत्र नम्वर ३ को दशौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बुधबारबाट कान्तिपुर एकेडेमी हाई स्कुलमा सुरु भएको छ ।

Rastrapati running shild I Kantipur academy (2)
काठमाडौँ क्षेत्र नम्वर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो भने कार्यक्रममा काठमाडौँ खेलकुद विकास समितिका अध्यक्ष ध्रुब राज न्यौपाने, काठमाडौँ खेलकुद विकास समितिका अन्य पदाधिकारी, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष बिष्णु पराजुली, विभिन्न स्कुलका प्रिन्सिपलहरु, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिता बिहिबारसम्म चल्नेछ र सोही दिन विशेष समापन समारोहको आयोजना गरि विजयी खेलाडिहरुलाई पुरस्कृत गरिने बताईएको छ ।

Rastrapati running shild I Kantipur academy (3)
काठमाडौँ क्षेत्र नम्वर ३ मा रहेका १५ विद्यालयका विद्यार्थीहरुले भलिबल, कबड्डी, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याबलिङ थ्रो, सर्ट फुट, १०० मिटर रनिङ्ग, २०० मिटर रनिङ्ग, ४०० मिटर रनिङ्ग, १५०० मिटर रनिङ्ग, ३००० मिटर रनिङ्ग, ४×१०० रिले, ४×४०० रिले लगायतका खेलहरुमा प्रतिस्पर्धा गर्नेछन भने २२२ वटा पदकहरुमा विजयी खेलाडिहरुलाई पुरस्कृत गरिनेछ ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले कान्तिपुर एकेडेमी हाई स्कुलका फाउण्डर, प्रिन्सिपल बाल कुमार गुरुङसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’
यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) मा रहेका विद्यालयहरुको छाता संगठन विद्यालय सरोकार समाज बुढानिलकण्ठले स्थानीय पाठ्यक ...

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...