राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण

२०७४ पुस १४ गते १४:५७ मा प्रकाशित


bidhyadevi bhandari

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले बिहान साढे ११ बजे अध्यादेश पारित गरेकी हुन ।

राजनीतिक निकास दिन दलहरुबीच सहमतिका लागि गरिएको प्रयास सफल भएको शर्माले बताए । अब राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुने भएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक रोकेर शितलनिवास पुगेका थिए । प्रधानमन्त्री देउबासँग राष्ट्रपति भण्डारीको एक घण्टासम्म छफफल भएको राष्ट्रपतिका स्वकीय सचिव जिवच्छ साहले बताए । शुक्रबार बिहानै देउबा भन्दाअघि एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति भेटेका थिए ।

गत कार्तिक १ गते मन्त्रिपरिषद्ले अध्यादेश स्वीकृत गरि प्रकाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गरको थियो ।

संविधानको धारा ११४ मा संघीय संसद्का दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नसक्ने व्यवस्था गरिएको छ ।

राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपछि अध्यादेश ऐन सरह मानिने र पारित अध्यादेश संयीय संसदको अधिवेश सुरु भएपछि दुवै सदनमा स्वीकृतिका लागि पेश गर्नु पर्ने व्यवस्था संविधानले गरको छ ।

adhyadesh parit

You may also Like this

थप समाचार

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...