घनाजंगलमा बस्दै आएको एक परिवारका हेर्नुहोस् १९ दुर्लभ तस्बीर

२०७४ बैशाख ७ गते १३:२६ मा प्रकाशित


j19७ बैशाख । अमेरिकाको अलास्काबाट करिब २५० माइल (४०० किलो मिटर) टाढा रहेको नोउटना नदी छ । जंगलको बिचमा रहेको सो क्षेत्रमा जाने आँट जो कोहिको हुँदैन । दुनियाले जाने आँट नगर्ने त्यस ठाउँमा एउटा एच्ले थरको परिवार बस्दै आएको छ । त्यस स्थानबाट नजिक भनेको करिब १०० माइल टाढा रहेको रूबी शहर हो । उनीहरू बस्ने त्यो विकट र अनकन्टार क्षेत्रमा पछिल्लो १८ बर्षमा केही औँलामा गन्न सकिने व्यक्तिहरुले मात्र भ्रमण गरेका छन् ।j18

एक वर्षमा करिब ११ महिना संसारिक मोहमाया बाट अलगै बस्न रुचाउने एच्ले परिवारसगँ पछिल्लो पटक फोटोग्राफर एड गोल्डले भेटेका थिए । उनीहरूले बर्षको एक पटक मात्र किराना सामान, इभापोरेट दुध देखि गोलभेडाको पेस्ट लगायत चामल र सिमी गरेर १००० वटा खानेकुराका बट्टाको खरिद गर्ने गर्छन् र उनी विकट क्षेत्रमा गएर बस्छन् । यस बाहेक उनीहरु जंगली कालो भालु, खरायो, हाँसका शिकार गर्ने, रोजहिब र लिंगन्सबेरी जस्ता फलहरुबाट जाम पनि बनाउने गर्छन ।j17

“एक पटक डेविट नभएको बेला म एक्लैले भालु शिकार गरेको थिएँ ” ४४ बर्षिया रोमी भन्छिन् । पूरा एक दिन लगाएर मासू तयार पारेको उनले बताइन् । उनीहरुले आफ्नो छुट्टै समय बनाएका छन् । खाना खाने, सुत्ने, काम गर्ने र खेल्ने र कुराकानीको समय आफै तोकेका छन् । पैसाको कमी भएको अवस्थामा ५२ बर्षिया डेविट ट्यान्ड खाल कहिलेकाहीँ १०० माइलमा परको सुन खानिमा काम गर्ने गर्छन् । सौर्य उर्जा र प्राकृतिक स्रोतको प्रयोग गरेरै होला उनीहरुको बार्षिक खर्च १२०० डलर मात्र हुन्छ ।j16


एच्लेका छोरा स्काइ १३ बर्षका छन् र उनलाई पिमा आधारित शिक्षा जस्तै गणित उनका बावुआमाले घरमै दिएका छन् । स्काइ आफ्ना साथीभाइबाट निकै टाढा छन् । उनका एक मात्र साथी इला हुन् , जो फेरब्यांसमा बस्छिन् । उनी भन्छन् “ मैले कहिले रियल बिद्यालय देखेकौ छन, सायद एक पटक देखेको छु, तर म त्यहाँ जान चहान्न , मलाई यहिँ ठिक छु ।”j15

रुवी एक मात्र ठाउँ हो जहाँ उनीहरु आपत पर्दा मात्र जाने गर्छन् । गर्मी याममा त यात्रा सहज हुने तर जाडोमा यात्रा कष्टकर हुने डेविटले बताए । उनको स्याटलाइट फोनमा उनको परिवारबाट संकेत आएको खण्डमा ६ घण्टामा नजिकैको अस्पताल पुग्ने डेविट बताउँछन् ।j14

डेविट र उनको परिवार संसारिक मोहबाट टाढा रहन चाहेको र उनीहरु अलग रहदा नै खुसी हुने डेविटको भनाइ छ । मानिसहरु उनीहरुको १८ बर्ष एक्लो रहदाको अनुभव कस्तो होला भन्ने सोचाइमा छन् । साँचै कस्तो होला त उनीहरुको एक्लो जीवन रु रहस्यमय विषय बनेको छ ।j12j13j10j11j9j8j7j1j6j5j4j3j2

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...