राप्रपाको प्रदेश अधिवेशन भदौमा

२०७४ साउन २६ गते १२:१२ मा प्रकाशित


rpp_3२६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातै प्रदेशमा संगठन समायोजन गर्ने उद्देश्यले आगामी भदौमा प्रदेश अधिवेशन गर्ने भएको छ ।

संविधानअनुसार नयाँ संरचनामा पार्टी संगठनलाई सुदृढ बनाउन सातै प्रदेशमा नयाँ नेतृत्व प्रदान गर्न अधिवेशन गर्न लागिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

तत्कालीन राप्रपा–नेपाल राप्रपासँग एकीकरण भएपछि चाँडो सो अधिवेशन गर्ने भनिएको भएपनि आन्तरिक द्वन्द्वका कारण अहिलेसम्म हुन सकेको थिएन । प्रदेशको अधिवेशनपछि देशका ७४४ स्थानीय तहमा पार्टीले सांगठनिक संरचना तयार गर्ने र विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्नेछ ।

प्रत्येक प्रदेशमा अध्यक्षको नेतृत्वमा नौजना रहेको परिषद् गठन गरिनेछ । प्रदेशमा ६० प्रतिशत निर्वाचनबाट प्रतिनिधि छनोट गरिनेछ भने ४० प्रतिशत अध्यक्षले मनोनयन गर्ने गरी गृहकार्य भइरहेको छ । सो अधिवेशनका लागि तिथि भने अझै निश्चित भइसकेको छैन ।

पार्टीले स्थानीय तहको दुईवटा निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि नयाँ रणनीति बनाएर आगामी स्थानीय तह तथा प्रादेशिक र केन्द्रीय चुनावमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहमा धेरै स्थानमा सफलता प्राप्त गर्न शीर्ष नेतृत्व त्यसतर्फ केन्द्रित गरिनेछ । पार्टीले स्थानीय तहमा अन्य दलको अवस्था मूल्यांकन गरी तालमेलसमेत गर्ने जनाएको छ । रासस

 

You may also Like this

थप समाचार

जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा...
जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा...

काठमाडौं, भदौ २ । अवैध रुपमा ग्रिस पुगेका ५ नेपालीलाई त्यहाँको हिरासतबाट उद्धार गरेर नेपाल फर्काउने तयारी भएको छ । इराकबाट जर ...

‘अल इन्डीया रेडियो’ले सार्वजनिक गर्यो भारतको भयानक तथ्यांक...
‘अल इन्डीया रेडियो’ले सार्वजनिक गर्यो भारतको भयानक तथ्यांक...

२ भदौं, भारत । भारतको महाराष्ट्रमा एक हप्तामा कम्तीमा पनि ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् । महाराष्ट्रका ८ जिल्लाका स्था ...

कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना
कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना

एजेन्सी, भदौ १ । भारतीय कमेडियन कपिल शर्माको समस्या हिजोआज बढ्दै गएको छ। यसपटकको समस्या कपिलको शो द कपिल शर्मा शोु को हट सीटम ...

नेपाल २–१ ले विजयी
नेपाल २–१ ले विजयी

काठमाडौं, साउन ३२ । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा विजयी भएको छ । क्वान्साइ गाकुइन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...