संभावनाहरुको स्वर्ग हो नेपालः नेकपा एमाले नेता रामेस्वर फुयाल (भिडियो कुराकानी)

२०७३ कार्त्तिक १३ गते १६:०२ मा प्रकाशित


काठमाण्डौ क्षेत्र नम्वर तिनबाट नेकपा एमालेको प्रतिनिधित्व गर्दै प्रत्यक्ष निर्वाचित साम्सद हुन रामेश्वर फुयाल । अबको आवश्यकता आर्थिक क्रान्तिको हो, अलमलिएर बसेर हुनेवाला छैन भन्ने कुरालाई बिशेष जोडदिने उनै नेकपा एमालेका नेता तथा साम्सद रामेश्वर फुयालसंग ktmkhabar.com का लागि रबि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :-

rameshwor fuyal

यहाँलाई स्वागत छ ।

नेपाल आमा को जय होस ,जयनेपाल अभिवादन ।

आरामै हुनुन्छ ?

आराम छु ।
सिंहदरवार भित्र पुरानो सांम्सद भवनको अघिल्तिर बसेर कुरा गरि रहेका छौ कस्तो लागि रहेको छ ?

म उपत्यकाका अग्ला डाडाहरु मध्य, तिनमा भारी पनि बोक्ने एउटा किसान परिवारको छोरो हुँ । अर्थात म आफैले भारी बोकेको दाउरा बोकेको ब्यक्ति र यहि तपाईले देखाएकै साम्सद भवन भित्र अधिकृत कर्मचारीको रुपमा काम गर्न आएको पनि ब्यक्ति र आज मलाई जनताको प्रतिनिधिका रुपमा संविधान बनाउने क्रममा काठमाण्डौ तिनबाट प्रतिनिधित्व गरे र अहिले व्यवस्थापिका साम्सदको सदस्यको रुपमा मलाई तपाईहरुले पाईरहनु भएको छ । र मलाई दूईटै कुराको अनुभव छ श्रम गरेर वाच्ने र बौद्धिक रुपमा निभाएको भुमिका खेल्ने कु्राको पनि अनुभव छ । र मैले उपत्यकाका केहि डाडाहरुमा केही सपना रोपेको थिए त्यो भनेको पाँच वटा चक्रपथ बनाउने र यहाका खोलानालाहरुको दुबै तिर सडक त्यो पनि हरियाली सहितको बनाउने र केहि बर्ष अगाडि तारेभिरलाई देखाउदै कलोपत्रेको सवाल उठाएको थिए । अहिले सरकारले ११ किलोमिटर सडको लागि टेन्डर गरेको छ र हामिले संबिधान बनायौ मुख्य कुरा र योसंगै आर्थिक पाटो र सास्कृतिक क्रान्तिलाई अगाडि बढाउन चाहान्छौ त्यसैले मलाई लाग्छ संभावनाको स्वर्ग हो हाम्रो देश ।

तपाईको क्षेत्रमा कांगे्रसबाट कडा टक्कर दिने स्व. चक्रवहादुर ठकुरी हुनुहुन्थ्यो तर तपाईले उछिन्नु भयो आखिर तपाईमा के थियो ?

मैले २०६४ सालमा चालै नपाई चुनाव हारे मलाई लाग्दैन थियो मैले चुनाव हार्छु भनेर, देशका जनतालाई लाग्दैन थियो कि काठमाण्डौमा एमालेले चुनाब हार्छ भन्ने तर हारेकै दिन बेलुका मैले साथिहरुलाई भने आजैबाट जनताको मनमा बस्ने काम सुरु गर्नु पर्दछ र अर्को चुनावसम्ममा जनताको मनमा बस्नु पर्दछ । र जनताको जिवनमा परिवर्तन आउने काम गर्नु पर्दछ । छोरा छोरीलाई वरावरी ठान्नु पर्दछ । शारिरीक र मानसिक श्रमलाई बरावरी ठान्नु पर्दछ भन्ने कुरालाई मध्यनजर गरेर जनताको अहोरात्र सेवामा हिडेको हुनाले मैले चुनाव जिते जस्तो लाग्छ ।

rameshwor fuyal with rabi bhattarai

तपाईले तपाईको क्षेत्रमा खेलेको भुमिकाले जनता प्रसन्न छन् ?

म बिहान ४ बजे उठ्छु । बिहान ४ बजे देखिनै जनताको सेवाको काममा तल्लिन हुन्छु । र बेलुका ११ , १२ , १ पनि बज्छ रातिको त्यो आज मात्र हैन त्यो निरन्तर सधै भरि यसै बखत गाईको गोठमा छिर्छु । म एक दिन थलिबाट आउदै थिए हृदयघात भएको एउटा भाई भेटे गाडिमा हालेर अगाडि बढियो डाईभरले २२ मिनेटको बिचमा गङ्गालाल पुर्याउनु भयो । त्यहा डाईभरको यस्तो भुमिका रह्यो जसले २२ मिनेटमा हस्पिटल पुर्याउनु भयो र हस्पिटलमा डाक्टरकोे यस्तो भुमिका रह्यो ६ मिनेटको विचमा अप्रेशन गर्नु भयो र त्यो भाई बाच्यो । अब त्यो भाई बाच्नको लागि डाईभरको उत्तिकै भुमिका रह्यो र डाक्टरको पनि उत्तिकै भुमिका रह्यो । मैले किन भनिरहेको छु भने डक्टर र डाईभर उत्तिकै सलामका ब्यक्ति हुन् । त्यस्ताृे नृेपाल बनाउनु पर्दछ, छोरा र छोरी उत्तिकै हुन् । त्यस्तो किसिमको नेपाल बनाउनु पर्दछ ।

यहाँसम्म आई पुग्दा अहिले तपाईले गर्नुपर्ने काम के हो जस्तो लाग्छ ?

यतिखेर मैले गर्नै पर्ने काम जनताको सेवा, शहिदको सपना पुरा गर्न सम्पन्न, समुन्नत र समतामुलक देश निर्माण गर्न मैले भन्ने गरेको छु । शहरको सुविधा गाउमा भनेर ईन्टरनेटको सुबिधा तारेभिरको टुप्पामा पुर्याउने हो भने र मोटर बाटो त्यहा पुर्याउने हो भने, को सहर फर्कन्छ र ? स्वर्ग हुदैन र त्यो गाऊँ ।

तपाई सुन्दर कुरा गर्नु हुन्छ, तर जनताको आरोप छ, सडकको खाल्डो पुर्न नसकेर रामेस्वरको खाल्डो भन्ने नाम राखेका छन् भन्ने सुनिन्छ नि ?

म त्यो खाल्डो पुरेर त्यसमाथि नाच्न चाहान्छु तर यसो भन्ने जनताहरुले हामि ४९ गर्छौ तपाई ५१ गर्नुहोस भनेर आउनु पर्यो नि ? फेरि मेरो आलोचना गर्ने शाथिहरु प्रति धन्यवाद अभिवादन भन्न चाहान्छु यसबाट मैले सुध्रने अबसर पाउछु पनि अब कुरो केहो भने मैले चुनाबि घोसणा मुताबिक सबै मुलवाटो हरुको सुधारको टेन्डर भईसकेको अबस्था छ र काम पनि भईनै रहेको छ कति ठाउमा काम सम्पन्न भईसकेको छ ।

तपाईको भुमिका राष्ट्रिय राजनितिमा पनि रहने नै भयो अहिले लोकमान प्रकरण चर्चाको बिषय छ, के लोकमानलाई महा अभियोग लागउनु ठिक थियो ?


तपाईले सोधेको प्रश्नमा मैले संबिधान बनाई रहेको बखत मैले संबिधान सभामा एउटा मुद्दा उठएको थिय मैले बाहालवाला आर्मी र संम्वैधानिक प्रमुखहरुलाई पनि बाहाल मै रहँदा कारबाही गर्न सक्ने व्यबस्था हुनुपर्छ भनेर त्यतिखैरै उठाएको हुँ । अब तपाईको प्रश्नमा ठिक बेठिक भन्दा पनि उच्च पदस्थ ब्यक्तिहरु योग्य हुन हैनन् र उनिहरुलाई ल्याउनु ठिक हो, हैन भन्ने कुरा प्रमुख हो । मेरो बिचारमा तिन दलका तिन नेतृत्वले त्यतिखेर लोकमानलाई ल्याउनु नै भुल मात्र हैन महाभुल थियो । फेरि यसो भन्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धानलाई कमजोर बनाउनु भन्ने हुदै हैन अख्तियार निस्कलङक, हुनपर्यो आग्रह पुर्वाग्रह हुनभएन भन्ने हो । निसकलङक हुनपर्यो । कानुनले बनाई दिएको वाटोमा रौ जति पनि चुक्न भएन भन्ने हो ।

अब अन्त्यमा छौ अबका दिनमा तपाईको भुमिका के रहन्छ ?

राजनितिक क्रान्तिको बाटो लगभग सकियो । हामिले समग्रमा सर्व स्विकार्य संबिधान बनाएका छौ । अब अर्थिक का्रन्तितिर लम्कनु छ । यसका लागि मेरो क्षेत्र तथा समग्र देश निर्माण अभियानमा मेरो सकारात्मक भुमिका रहनेछ अहोरात्र जनताको सेवामा खटिईनै रहने छु ।


अमुल्य समय दिनु भयो धेरै धेरै भन्यवाद ।

नेपाल आमाको जय होस । धन्यवाद अभिवादन ।

रामेश्वर फुयालसंगको भिडियो कुराकानी हेर्नका लागि तल क्लिक गर्नुहोस्ः

 

You may also Like this

थप समाचार

नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)
नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)

काठमाडौँ । उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) ले टोखा नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यहरुलाई बधाई त ...

ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्
ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्

काठमाडौं, जेठ १५ - एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भरतपुरमा पुन मतदानाको स ...

एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला
एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला

जेठ १५ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने प्रमुख प्रतिप ...

भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली
भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली

१५ जेठ, काठमाडौैं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको छ । एमाले अध्यक्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...