पहिले बाबु र अहिले छोरालाई हराएर काठमाडौँ ३ प्रदेशसभा ख बाट रामेश्वर फुयाल निर्वाचित

२०७४ मंसिर २३ गते २३:१५ मा प्रकाशित


rameshwor fuyal

काठमाडौंको क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट नेकपा एमालेका नेता रामेश्वर फुयाल विजयी भएका छन् । फुयालले ६७ मतको झिनो अन्तरमा प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

फुयालले कांग्रेसका बिमल ठकुरीलाई पराजित गरेका हुन् । शनिवार साँझ सम्पन्न मतगणना अनुसार फुयालले १० हजार ८८६ मत प्राप्त गरेका छन् भने ठकुरी १० हजार ८१९ मत पाएर पराजित भए ।


रोचक संयोग नै मान्नुपर्छ फुयालले ०६४ पछि तीनै चुनावमा सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दा एकै परिवारका सदस्यसँग बिजय र पराजय दुवैको अनुभव प्राप्त गरे । ०६४ मा फुयाल कांग्रेसका चक्रबहादुर ठकुरीसँग पराजित भएका थिए भने ०७० मा फुयालले उनै ठकुरीलाई पराजित गरे ।

०७२ को महाभूकम्पमा परि ठकुरीको निधन भएपछि राजनीतिमा आएका उनका छोरा बिमललाई फुयालले नै यसपटक पराजित गरेका हुन् । काठमाडौं ३ को प्रदेशसभा कमा कांग्रेसका छिरिङ दोर्जे लामा बिजयी भएका छन् । उनले माओवादीका रुद्र बराईलीलाई पराजित गरेका हुन् ।

You may also Like this

थप समाचार

‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’
‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’

काठमाडौं, वैशाख १० । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टा ...

स्थापनाकै दिन फुट्यो राजपा
स्थापनाकै दिन फुट्यो राजपा

काठमाडौँ – स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ। राजपा नेपालका असन्तुष्ट समूहले  श ...

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...