बुनपावासी महिलाहरुको रोजगारीमा केन्द्रित हुन्छुः उपमेयर उम्मेदवार राई

२०७४ बैशाख २८ गते २३:२१ मा प्रकाशित


काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनाबी एजेण्डा सहित आफ्नो जित हुने विश्वासका साथ आफुलाई प्रस्तुत गरिरहेका छन् ।
नगरबासी तथा वडाबासीहरुका लागि पनि कुन उम्मेदवार छान्ने अथवा कसलाई भोट दिने ? भन्ने विषयमा केन्द्रित रहिरहेका छन् । विशेष रुपमा स्थानिय निकायको निर्वाचनलाई केन्द्रित गरेर केटिएम खबरले पनि विशेष सहभागीता मुलक कार्यक्रम तथा सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
चुनावी रौनकतामा रहेका पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारीको औचित्यका विषयमा उम्मेदवारी किन ?, हिजोका दिनहरुमा नगरबासीहरुलाई के दिनु भयो ?, अबको योजना के छ ?, नगरबासीले तपाईलाई किन भोट दिने ? भन्ने सवालमा केन्द्रित रहेर काठमाडौँका नगर उम्मेदवारहरुसंग विशेष भिडियो सम्वादलाई जोड्ने प्रयास गरिरहेका छौँ ।
यसै सन्दर्भमा काठमाडौँको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ नगरपालिका नेकपा एमाले कि उपमेयर उम्मेदवार रमा राईसंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष स्थलगत भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Rama rai
नगरवासीहरुको घर–दैलोमा पुगिरहनु भएको छ, यो समयमा कस्तो महशुस गर्दै हुनुहुन्छ ?
२० वर्षमा हुन लागेको हाम्रो स्थानिय निर्वाचनमा एकदमै उत्साहजनक प्रतिक्रिया आईरहेको छ नेकपा एमालेको ।
जता–ततै नेकपा एमालेले विजयी हासिल गर्छ भन्ने जनमानसमा ठुलो तहल्का मच्चिरहेको छ । यो हुनु हाम्रो पार्टीको ठुलो सफलता हो भन्ने मलाई लाग्छ । सबै जनताहरु नेकपा एमालेलाई जिताउँन आतुर हुनुहुन्छ । भोली हामीले स्थानिय निकायमा सफलता हासिल गरेर यो बुढानिलकण्ठ नगरपालिकालाई एउटा नमुना नगरपालिका बनाउँने हाम्रो सपना छ ।
नगरवासीहरुको कस्तो मिश्रित प्रतिक्रिया पाईरहनु भएको छ ?, खास समस्या के रहेछ ?
खासगरी आम समस्या भनेको दैनिक जीबनका आवश्यक पर्ने कुराहरु नै हुन । कसैको कुनै ठाउँमा ढलको समस्या छ, कुनै ठाउँमा बाटोको समस्या छ, कुनै ठाउँमा बच्चाहरु स्कुल जान्छन् स्कुलबाट आएर खेल्ने पार्क छैन, महिलाहरुको समस्या छ, महिलाहरु वेरोजगार छन्, युवाहरु वेरोजगार छन् यस्ता समस्याहरु त प्रत्येक वडामा व्याप्त छ । यी कुराहरुलाई पनि समाधान गर्नका लागि नेकपा एमालेले चुनाब जित्न अत्यन्त आवश्यक छ ।
बुढानिलकण्ठ नगरपालिका नेकपा एमाले कि उपमेयर उम्मेदवार रमा राईसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...