वडाको विकास नै मेरो मुल एजेण्डा होः उम्मेदवार अधिकारी

२०७४ बैशाख २४ गते २२:४६ मा प्रकाशित


काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनाबी एजेण्डा सहित आफ्नो जित हुने विश्वासका साथ आफुलाई प्रस्तुत गरिरहेका छन् ।
नगरबासी तथा वडाबासीहरुका लागि पनि कुन उम्मेदवार छान्ने अथवा कसलाई भोट दिने ? भन्ने विषयमा केन्द्रित रहिरहेका छन् । विशेष रुपमा स्थानिय निकायको निर्वाचनलाई केन्द्रित गरेर केटिएम खबरले पनि विशेष सहभागीता मुलक कार्यक्रम तथा सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
चुनावी रौनकतामा रहेका पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारीको औचित्यका विषयमा उम्मेदवारी किन ?, हिजोका दिनहरुमा नगरबासीहरुलाई के दिनु भयो ?, अबको योजना के छ ?, नगरबासीले तपाईलाई किन भोट दिने ? भन्ने सवालमा केन्द्रित रहेर काठमाडौँका नगर उम्मेदवारहरुसंग विशेष भिडियो सम्वादलाई जोड्ने प्रयास गरिरहेका छौँ ।
यसै सन्दर्भमा काठमाडौँको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ नगरपालिकाका नेकपा एमाले वडा नं. ११ का अध्यक्ष उम्मेदवार राजु अधिकारीसंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Raju Adhikari
वडाबासीहरुको पहुँचमा पुग्न के कस्ता कार्यक्रमहरुलाई अगाडी बढाई रहनु भएको छ ?
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ लाई मैले विशेष गरी आफ्नो चुनाबी माहोल भन्दा पनि मैले नजिकबाट हेरेको छु । यस वडाको विकास निर्माणमा म नजिक छु । मैले गरेका कामहरु प्रति वडाबासी सन्तुष्ट हुनुहुन्छ । यो वडामा रहेर काम गर्दा, यस वडामा म पुग्दा उहाँहरुले मलाई देखाउँनु भएको सदासहायता प्रति मेरो शिरोधार्य मैले सम्झेको छु । म प्रति सहानुभुति देखाउँनु भएको छ । त्यसको लागि म आभार व्यक्त गर्दछु ।
वडाबासीको कस्तो प्रतिक्रिया पाईरहनु भएको छ ?, कस्तो महशुस गर्दै हुनुहुन्छ ?
म एकदम ढुक्क छु । म मेरा दाजु–भाई, दिदि–बहिनि, आमा–बुवा सबै जनाले मलाई चिन्नुहुन्छ र म पुग्दा खेरी तेरो प्रतिनिधित्वको आवश्यकता छ भन्ने सल्लाह, सुझाव दिनुहुन्छ । यसले गर्दा आफ्नो जीत शुनिश्चित भएको महशुस गरेको छु ।
आजका दिनसम्म वडाबासीहरुले राजु अधिकारीबाट के पाए ?
म बुढानिलकण्ठ नगरपालिकामा रहेर अहिले अनुगमन समितिमा रहेर विकास निर्माणका कामहरुलाई नजिकबाट हेरेको छु ।
कत्तिपय योजनाहरु मैले अनुगमनका क्रममा हेर्दा वडाबासीहरु पुर्ण रुपमा सन्तुष्ट नभएको, समस्याहरु जस्ताको तस्तै रहेको पाए । भोलीका दिनमा म आउँदा त्यी योजनाहरु पुरा गर्ने पक्षमा म लाग्नेछु र यस कुरामा वडाबासीले मलाई विश्वास गर्नुहुन्छ र विश्वस्त छु ।
यसै सन्दर्भमा हिजोको कपन गाविस हुँदा वडा नं. ४ को जनप्रतिनिधि पनि भएको कारणले र मैले गरेका काम, मेरो अनुभवले गर्दा खेरी मेरा प्रत्यासी भन्दा भिन्न विचारको भएको वडाबासीहरुबाट प्रतिक्रिया पाइरहेको छु ।
बुनपा एमाले वडा नं. ११ अध्यक्ष उम्मेदवार राजु अधिकारीसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)
नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)

काठमाडौँ । उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) ले टोखा नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यहरुलाई बधाई त ...

ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्
ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्

काठमाडौं, जेठ १५ - एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भरतपुरमा पुन मतदानाको स ...

एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला
एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला

जेठ १५ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने प्रमुख प्रतिप ...

भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली
भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली

१५ जेठ, काठमाडौैं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको छ । एमाले अध्यक्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...