महिलालाई कुटपिट गरेको मन्त्रीलाई आरोप, दिए राजीनामा

२०७४ भदौ ४ गते १६:३३ मा प्रकाशित


aarop४ भदौ । दक्षिण अफ्रिकामा महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजीनामा दिएका छन् । गएको हप्ता जोहानेसवर्गको एक रात्री क्लबमा पुगेका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजी मनाना र एक महिलाबिच भनाभन भएकोे स्थानीय अधिकारीलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।

भनाभनका क्रममा ती मन्त्रीले महिलामाथि कुटपिट गरेका थिए । महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले पक्राउ गरी स्थानीय अदालतमा मुद्दा चलाएको थियो । घटनापछि उपमन्त्री मनानाले पदबाट राजीनामा दिएका हुन् । उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल कांग्रेसका सदस्य हुन् ।

पत्रमा उनले आफ्नो गैरजिम्मेवार क्रियाकलापप्रति पश्चाताप सहित राष्ट्रका नाममा क्षमा मागेका छन् । मन्त्रीपदबाट राजिनामा दिए पनि मनानाले संसद् सदस्यता भने त्याग्ने छैनन् ।

You may also Like this

थप समाचार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । चैत पहिलो साता लि ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...