८ गते दाहालले राजीनामा दिदैँ

२०७४ जेष्ठ ४ गते १०:२८ मा प्रकाशित


Puspa-Kamal-Dahal-काठमाडौं, जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् ।


कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन् । प्रधानमन्त्रीले ८ गते संसद्लाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

बिहीबार या शुक्रबार यो हिउँदे अधिवेशन बन्द हुन्छ, अनि ८ गते वर्षे अधिवेशन बोलाएर त्यसै दिन संसद्लाई सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिने सामान्य तयारी छ,’ उनले भने, ‘दोस्रो चरणको स्थानीय तहको चुनाव नयाँ सरकारले गर्छ ।’

गत साउन १९ गते प्रधानमन्त्री नियुक्त दाहालले साढे ९ महिनापछि कांग्रेससँग भएको सहमति पालना गर्दै यही गठबन्धनलाई निरन्तरता दिन चाहेका हुन् । कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन निर्माणकै बेला आलोपालो सरकारको नेतृत्व लिने लिखित समझदारी थियो ।

सार्वजनिक नगरिएको ५ बुँदे उक्त समझदारीको ३ नम्बर बुँदामा आलोपालो सरकारको नेतृत्वबारे उल्लेख छ, जसमा दाहालले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछिको चरणमा कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने भन्ने छ । चैत मसान्तभित्र चुनाव सम्भव नभएपछि दाहाल आफैंले वैशाख ३१ को पहिलो चरणको चुनावपछि राजीनामा दिनेमा कांग्रेस नेताहरूलाई आश्वस्त पार्दै आएका थिए ।

उनले सोमबार कांग्रेस सभापति देउवासँगको भेटमा पनि ८ गते राजीनामा दिने बताए । सहमतिअनुसार कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाटै सरकार बन्नेछ । देउवा नेतृत्वको सरकारले स्थानीय तहको जेठ ३१ को दोस्रो चरणको चुनाव गराउने छ । त्यसपछिका प्रदेश र संघीय संसदको चुनाव सम्पन्न गरी संघीय संसद् नआएसम्म देउवाले सरकारको नेतृत्व गर्ने समझदारीमा उल्लेख छ । – कान्तिपुर दैनिकबाट

You may also Like this

थप समाचार

गोकर्ण बिष्टले भने– फेरि आउँदा भोट माग्नु नपर्ने गरी काम गर्छौँ
गोकर्ण बिष्टले भने– फेरि आउँदा भोट माग्नु नपर्ने गरी काम गर्छौँ

गुल्मी । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले अबको पाँच वर्षमा ...

प्रचण्डको जीतमा परिवार किन यत्ति धेरै दुःखी भए ?
प्रचण्डको जीतमा परिवार किन यत्ति धेरै दुःखी भए ?

चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । प्रचण्डले राप्र ...

यी ६ नेता जसले मतले हारे तर मनले हारेनन्
यी ६ नेता जसले मतले हारे तर मनले हारेनन्

सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक ...

प्रहरी निरीक्षकदेखि सांसदसम्म
प्रहरी निरीक्षकदेखि सांसदसम्म

ललितपुर – निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...