काँग्रेसका ३० जनाले दिए संयुक्त राजीनामा...

२०७४ साउन २६ गते १७:१८ मा प्रकाशित


NEPALI-CONGRESS२६ साउन, बाजुरा । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका संगठन विभाग प्रमुख तथा सदस्य र पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले आज संयुक्तरुपमा राजीनामा दिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
नेपाली काँग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानीरुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख, उपप्रमुख र सदस्यहरु छनोटमा एकलौटी गरेकोप्रति असन्तुष्टि जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

जिल्ला समन्वय समितिको संयोजक छनोटमा जिल्ला कार्यसमितिको बैठक नै नबसी छनोट गरेको भन्दै नेपाली काँग्रेसका भ्रातृ संघसंगठनका प्रमुखहरुले पनि राजीनामा दिएको तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकायाले बताए ।

नेपाली काँग्रेसका नेताहरुले नीतिलाई लत्याएर आफू मनोमानी गरेको भन्दै ३० जनाले संयुक्त राजीनामा दिएको रोकायाको भनाइ रहेको छ । नौवटै स्थानीय तहमा रहेका नेपाली काँग्रेसका भ्रातृ संघहरुले जिल्ला समन्वय समितिको सदस्यका लागि सिफारिस गरेका भन्दा बेग्लै जिससमा पार्टीले एकलौटी छनोट गरेपछि राजीनामा दिएको नेपाल महिला संघ जिल्ला अध्यक्ष अमृता सिंहले बताए ।

नेपाली काँग्रेसको पार्टी सदस्य त्याग्नुका साथै पार्टीको जिम्मेवारीको भूमिकाबाहिर बस्ने गरी ३० जनाले संयुक्त राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा नेपाली काँग्रेसका छजना जिल्ला कार्यसमिति सदस्यमध्ये धनराज पण्डित, उमा रोकाया, गोविन्द सिंहलगायतले राजीनामा दिएका छन् । रासस

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...