अब मुलुकको सम्वृद्धिका लागि र प्रगतिका लागि लड्न जरुरी छ: कांग्रेस नेता केसी

२०७३ असोज १३ गते १७:३४ मा प्रकाशित


भाषण, झुट अनि दर्शनका लागि राजनीति हुनुहुन्न राजनीति जनताको सेवाको लागि हो, भेट्नासाथ हामीसँग यही वाक्यांशबाट कुरा सुरु गरेका नेपाली कांग्रेसका नेता राजेन्द्र केसी काठमाडौँ क्षेत्र न. दशबाट प्रचण्डलाई उछिनेर प्रत्यक्ष निर्वाचित सांसद  हुन् । उनै केसीसंग ktmkhabar.com का लागि रबि भट्टराईले गरेको कुराकानीको संपादित अंशः

rajendra kc interview ktmkhabar

 

स्वागत छ सर ।

धन्यवाद ।

आरामै हुनुहुन्छ र ?

ठिक छ, आरामै छु ।

केमा व्यस्त हुनुहुन्छ र ?

यही राजनीति मै व्यस्त छु । म जनताको प्रतिनिधि पनि हुँ सदन पनि चलिरहेको छ अनि विकास निर्माण समाजसेवा यस्तैमा व्यस्त छु ।

काठमाडौँ क्षेत्र नम्वर १० मा प्रचण्डलाई हराई सकेपछि मिडियामा छपक्कै छाउनु भयो नि र ?

त्यसो त हैन मेरो पनि राजनीतिक यात्रा लामो नै हो । तपाईहरुलाई थाहा नै छ ०६४ सालमा पनि त्यही क्षेत्रबाट म उम्मेद्वार थिएँ र प्राविधिक कारणले मात्र म पराजित हुनु पर्यो र त्यतिखेर पनि मैले १३ हजार मत ल्याएको थिएँ र १३ हजार ल्याउने कांग्रेसका साथीहरू सबैले चुनाव जित्नु भएको थियो । तथापी त्यो चुनाव वास्तवमा जनादेश थिएन त्यो तपाईहरुलाई पनि थाहा छ, त्यो त डर त्रास पनि थियो त्यसकारणले पनि म पराजय हुन पुगेको थिएँ । फेरी तत्कालिन समयमा माओवादीका टप लिडर नै उठेको कारणले पनि म पराजय भएँ र ०७० सालको दोस्र्रो संविधान सभाको कुरा गर्दा निश्चित रुपले एउटा रिजल्ट आयो जसले काठमाडौँ वासीमा मात्र नभएर आम जनमानसमा एउटा उत्साह आयो ।

जुन पृष्ठभूमिबाट पुष्पकमल दाहाल आएर तपाईसंग हार्नुभयो त्यसछि मात्र तपाईमा केही छ है भन्ने भएको हो र ?

त्यो भन्दा पनि जुन किसिमको विद्रोहबाट उहाँ आउनुभयो फेरी माओवादीको अध्यक्ष पनि अब उहाँको सान सौगात नै फरक थियो नि, मान्छेहरुलाई चाँही १० नम्वरमा जित्छ भन्ने लागेको थियो तर म चाँही जित्छु भन्नेमा थिए । उहाँको तडकभडक देखेर जनतालाई चाँही जित्छ होला भन्ने थियो स्वभाविक हो तर मलाई चाँही म जित्छु भन्नेमा निश्चिन्त थिएँ । मलाई पार्टीले टिकट दिनु अगाडि नै मलाई यो रिजल्ट आउँछ भन्ने लाग्थ्यो । मैले जसरी मलाई डबल भोटले हराउनु भयो त्यसैगरी म युटर्न गर्छु भनेर बोलेको पनि थिएँ ।rajan kc nepali congress

तपाईले राजनीति चाँही कहिले सुरु गर्नुभयो र ?

मैले राजनीति ०३० सालमा सुरु गरेको हो । ०३० सालमा सरस्वती क्याम्पसमा पढ्दा पनि मैले नेविसंघको सदस्यता लिएको हुँ । म चाँही त्यसपछि केही समय निश्क्रिय भएँ र ०४६ सालपछि म सक्रिय रुपमा राजनीतिमा छु र कांग्रेसको संगठनको क्रममा ०४७ सालमा मेरो गाउँ चोभारको ईकाई अध्यक्ष भएँ ०४८ सालको चुनावमा सक्रिय भाग लिए त्यसपछि ०४९ सालमा म स्थानीय चुनावमा भाग लिएँ त्यही साल म गाविसमा जिते त्यही साल फेरी जिल्ला विकासमा जिते । पार्टीको क्षेत्रीय सभापति भए महासमिति पनि जिते फेरी क्षेत्रीय सभापति जित्दै यहाँसम्म आएको छु ।

यसरी विद्यार्थी राजनीतिबाट सुरु गरेर प्रचण्डलाई उछिनेर यहाँ सम्मको यात्रा सफर गर्दा जनतालाई के दिएँ जस्तो लाग्छ र ?

मेरो चाँही एउटै उद्देश्य राजनीति विकासका लागि हुनुपर्छ, जनताका सेवाका लागि हुनुपर्छ र मुलुकको सम्वृद्धिका लागि राजनीति हुनुपर्छ । केवल भाषण, झुट अनि दर्शनका लागि राजनीति हुनुहुन्न । त्यसकारण मेरो राजनीतिक जीवन नै जनताको सेवाको लागि समर्पित छ, म गाविसदेखि यहाँ सम्मको राजनैतिक दौडमा मैले बुझेको के गर्दा जनता खुशी हुन्छन, शिक्षा स्वास्थ्य, अथवा के गर्दा जनताको अमूल जीवनमा परिवर्तन हुन्छ यहाँको धर्म संस्कृति रितिरिवाज, धार्मिक सम्पदाहरु, ऐतिहासिक धरोहरहरु के गर्दा जनताले आमुल परिवर्तनको महसुस गर्छन त्यसको पक्षमा म लागि रहेको छु ।

यत्तिका वर्ष राजनीतिमा सफर गरिरहँदा सन्तुष्ट हुनुहुन्छ र ?

म सन्तुष्ट छु, म भन्दापनि एउटा जनप्रतिनिधिको हिसावले म सन्तुष्ट हुनलाई आम नागरिक सन्तुष्ट हुनुपर्यो त्यसको लागि तपाई मिडियाका साथीहरू हुनुहुन्छ मेरो क्षेत्रका जनता म प्रति कत्तिको सन्तुष्ट छन् बुझ्नुस् । जुन मैले तीस वर्ष जस्तो राजनीतिक जीवन बिताएपछि जुन जानादेशले म यहाँसम्म पुगेको छु मेरो बिचारमा आम नागरिक पनि खुशी नै हुनुहुन्छ जस्तो लाग्छ त्यो चाँही तपाईहरुले चेक गर्नुहोस ।

पार्टीमा धेरै गुट–उपगुट भएर जनमुखी कामहरू कम भए भन्ने आम बुझाई छ नि र ?

त्यस्तो पटक्कै हैन, प्रजातान्त्रिक पार्टीमा त्यस्तो सामन्य नै हो नि, गुट उपगुट भन्दा पनि हरेक पार्टी निश्चित नीति तथा उद्देश्यमा चलेको हुन्छ । र हरेक महाधिवेशनले त्यसलाई तय गरेको हुन्छ र कुनै नेताले त्यो नीति तथा कार्यक्रम पुरा गर्न सक्छ जस्तो लाग्यो भने स्वभाविक कुनै नेता प्रति म नजिकिन सक्छु तर नेपाली कांग्रेस पार्टी पूर्ण रुपमा लोकतन्त्रमा विश्वास गर्ने भएको लोकतन्त्र कै माध्यमबाट मुलकमा आमुल परिवर्तन हुन्छ भन्नेमा म विस्वस्त छु ।

एउटा आरोप छ नि नेताहरु जनता प्रति उत्तरदायी नभई अफू अनुकुल चल्न थाले भन्ने र ?

हो त्यस्तो आम जनगुनासो चाँही छ मैले भन्ने गरेको पनि छु, हामी लोकतन्त्रका लागि लड्यौ, गणतन्त्रका लागि लड्यौ संविधान सभाबाट सबैको अपनत्त्वहुने गरी संविधान पनि हामीले ल्यायौ अब हामीले के का लागि लड्ने भन्ने एक खालको गुनसो छ तर अब मुलुको सम्वृद्धिका लागि र हरेक नागरिकको उन्नति र प्रगतिका लागि लड्न जरुरी छ । यो एक खालको नेताहरूबीचको चरम गुटबन्दी छ त्यसलाई न्यूनिकरण गर्दै परिवर्तन तर्फ उन्मुख हुनै पर्छ परिवर्तन भनेको विकास हो सम्वृद्धि नै हो र जनताको सुख सुविधा नै हो । मुलुकले एक किसिमको फड्को मारेको छ, संविधान पनि बनेको छ अब मुलुक विकास तर्फ जान्छ ।

 

तपाई संसद भए पछि तपाईको क्षेत्रमा कस्ता नीति तथा कार्यक्रम गइरहेका छन् र ?

तपाईहरुलाई पनि थाहा छ मेरो क्षेत्र भौगोलिक रुपमा फराकिलो क्षेत्र छ । मेरो क्षेत्र यता खानिखोला देखि उता छैमलेको रामचन्द्र भन्ज्याङसम्म मेरो क्षेत्र पर्छ गाउँमा जाँदा रुकुम, रोल्पा गए जस्तो अनुभूति हुन्छ र आम जनताको चाहाना भौतिक पुर्वाधार तर्फै हुन्छ खानेपानि बाटो, विद्यायल, धार्मिक मठ मन्दिर जस्ता सवालमा आम जनताको चासो छ र त्यही चासोहरुलाई सम्बोधन गर्न म लागिरहेको छु र म हरेक हप्ता गाउँका वस्तिहरुमा गएर कुराहरू सुन्छु र त्यसलाई निराकरण गर्न म लागि रहेको पनि छु । र धेरै कुराहरु पुराहुने क्रममा छन् र बाँकी पनि निश्चित रुपमा पुराहुन्छन् ।

यहाँ सम्मको राजनीतिक यात्रा तय गरिरहँदा दुख सुख भोग्नुभयो होला नि र ?

म सानै देखि नै एकदमै सम्पन्न परिवारमा नै हुर्केको हुँ । मैले जीवनमा त्यस्तो निरास कहिले पनि भोग्नु परेन फेरी यो सन्तष्टि र असन्तुष्टि भनेको आफँैले अनुभव गर्ने कुरा न हो मनव चरित्र पनि हो, फेरी मेरो शिक्षा पनि समयमा नै सकाय अनि मैले केही व्यापार व्यवसाय पनि गरेको छु घरपरिवारको रोजिरोटीको लागि अनि राजनीतिक रुपमा पनि मैले जे खोजिरहेको छु प्राप्त गरिरहेकै छु अनि फेरी म जनप्रतिनिधि भएको हिसावले म घरदैलोमा जाँदा राम्रै प्रतिक्रियाहरु पाएको छु । फेरी म मेरो पार्टीको मात्र जनप्रतिनिधि हैन कि म समग्र जनताको प्रतिनिधि भएको हुनाले मैले पार्टीगत भन्दापनि जनताको कुरामा विशेष ध्यान दिनेगर्छु ।

आउने दिनमा जनहितको लागि के गर्नु हुन्छ रु अब यो चाहीँ गर्छु भन्ने केही छ कि र ?

देशले एक किसिमले गति लिन नसकेको चाँही ठिक हो, तपाईले पनि यसलाई धेरैपटक संकेत गर्नु भयो म जनप्रतिनिधि भएको हिसावले मैले दिन सक्ने जुन किसिमको सेवा छ म दिईनै रहनेछु त्यसमा कुनै कमिकमजोरी आउन दिने छैन सांसद हुने मन्त्री हुने, प्रधानमन्त्री हुने त्यो एउटा कुरा भयो तर जनताको सेवा गर्ने काम म गरी नै रहने छु । सेवाको भावना राख्यो भने मान्छे सधै जीवन्त रहन्छ । फेरी एकातिर एकथरी साथीहरुको संविधानले समान अवसर दिएन कि भन्ने एकखालको असन्तुष्टि छ त्यसलाई पनि संवोधन गरेर अगाडि बढाउनु जरुरी छ । अब समग्र मुलुक समृद्धिमातर्फ उन्मुख हुँदैछ म अझै आशावादी छु यस्तो सम्भावनाले भरिएको देशमा एक किसिमको ठोस योजना बनाएर अगाडि बढ्न पाए धेरै संभावनाहरु छन् ।

व्यस्त समयका वाबजुद समय दिनु भयो अमूल्य विचारको लागि तपाईलाई धेरै धन्यवाद

तपाईहरुलाई पनि धेरै धन्यवाद ।

 नेपाली कांग्रेसका नेता राजेन्द्र केसीसंगको भिडियो कुराकानी हेर्नका लागि तल क्लिक गर्नुहोस्:-

You may also Like this

थप समाचार

जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्
जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्

८ साउन । क्रिष्टियानो रोनाल्डो अबको दुईदेखि तीन वर्ष रियल मड्रिडमै रहने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस क्लब र ...

२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...
२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...

८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका प्रमुख संचारमाध्यममाथि गम्भीर आरोप लगाएका छन् । उनले अमेरिकी अखबार &ls ...

माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

७ साउन । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ । स्थानीय चुनावको समीक्ष ...

चार अर्ब बढीको शेयर कारोबार !
चार अर्ब बढीको शेयर कारोबार !

७ साउन, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...