राजधानीमा मतदान गर्न नपाएपछि करिश्माले पोखिन् पति विनोदमाथि आक्रोश...

२०७४ बैशाख ३१ गते १०:४७ मा प्रकाशित


karishma३१ बैशाख । नायिका करिश्मा मानन्धरले काठमाण्डौबाट मतदान गर्न नपाएपछि पति विनोद मानन्धरमाथि आक्रोश पोखेकी छिन् । नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य करिश्माले पति विनोद मानन्धरले आफूहरुका लागि गरेका हरेक कुरालाई ‘कृपा’ मान्नुपर्ने ? भन्दै आक्रोश पोखेकी छिन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्-‘विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन ।’

करिश्माले आफ्नो मतदाता नामाबली काठमाण्डौमा नभई राजबिराजमा पुगेपछि आक्रोश पोखेकी हुन् । पति विनोदले लाजिम्पाटबाट भोटिङ कार्ड लिदा आफ्नो र छोरीको मात्र बनाएको तर आफ्नो नबनाइदिएको समेत उनले उल्लेख गरेकी छिन् ।

उनले अगाडि लेखेकी छिन्-‘हामी लाजिम्पाटमा बस्छौ । आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ । तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी संझिनु भएन । मैले उहाँलाई यो बिषयमा सोधेँ, तर वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाइन बसेर रजिस्टर गरेँ । बसाई सराइको कागज थिएनँ, त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो, न त म त्यहाँ कैले बसेके छु । कसरी गएर भोट दिने रु अरु सबै कुरामा उ मेरो मालिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।’

You may also Like this

थप समाचार

वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै
वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै

५ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकामा १८ हजार मत गनिसक्दा ११ हजार मात्रै मतको विवरण सार्वजनिक भएपछि मतगणना स्थगित भएको छ ...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, भदौ ५ । दसैँ सुरु हुँदै गर्दा सुनचाँदीको मूल्य केही घटेको छ। घटस्थापनाका दिन सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले ...

रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु
रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

५ असोज, बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसक ...

१३५ स्थानीय तहको मतगणना जारी
१३५ स्थानीय तहको मतगणना जारी

३ असोज, काठमाडौँ । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको म ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...