राजपामा भद्रगोल, ६ अध्यक्षको सिन्डिकेट

२०७५ बैशाख २८ गते ०८:४१ मा प्रकाशित


1494595862pic final

काठमाडौं - संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालको आन्तरिक अवस्था ‘भद्रगोल’ बन्दै गएको छ। भद्रगोल अवस्थाकै कारण जनताबीच पार्टी कमजोर र प्रभावहीन बन्न थालेको छ । 

७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी मिलेर बनेको राजपा नेपालमा पार्टी सञ्चालनका लागि विधानसमेत अभाव छ । पूर्ण विधान नभएकै कारण सो पार्टी विधिवत रूपमा सञ्चालन हुन सकेको छैन । 

पार्टी एकीकरण गर्दैगर्दा नेताहरूले एक वर्षभित्र एकता महाधिवेशन गर्ने उद्घोष गरेका थिए। तर, एकीकरण भएको एक वर्ष बितिसक्दासमेत अधिवेशनको तयारीसमेत हुन सकेको छैन । 

पार्टी पनि एकीकरणअघि रहेका ६ पार्टीका अध्यक्षको ‘सिन्डिकेट’कै आधारमा सञ्चालन भइरहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

संघीय संसद्मा चौथो ठूलो दलका रूपमा रहेको राजपा नेपालले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारीसमेत छनोट गर्न सकेको छैन । 

आन्तरिक विवाद, विधान अभावका कारण पदाधिकारी छनोट गर्न नसकिएको हो । संसदीय दलको नेता बन्नका लागि अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले लबिङ गरिरहेका छन् ।

यी दुई नेताबीचको टकरावका कारण राजपा नेपालले संसदीय दलको नेता छनोट गर्न नसकेको हो । दलको नेता छनोट गर्न अध्यक्षमण्डलको बैठक एक महिनाअघि बसे पनि छनोट गर्न सकेन ।

उता, पछिल्ला दिनमा ठाकुर स्वयं बिरामी परेपछि बैठक वा छलफलसमेत हुन सकेको छैन।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...