राजपा नेताहरु बिहानै बालुवाटार छिरे

२०७४ साउन २७ गते १०:५५ मा प्रकाशित


rajapa_1२७ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुले छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राजपा अध्यक्ष मण्डलका सदस्यहरुले छलफल गरिरहेका हुन् ।

भेटमा राजपाका नेताहरुले संविधान संसोधन विधेयक संसदमा अघि बढाउन आग्रह गर्ने महासचिव केशव झाले जानकारी दिए । स्थानीय तहको संख्या बढाउन सर्वोच्च अदालतले बाटो खोलेसँगै चुनावमा सहभागी हुने संकेत गरेको राजपाले संसोधन टुंगो लगाएर अघि बढ्ने तयारी गरेको हो ।

संसोधन प्रस्तावमा सकभर दुई तिहाई जुटाउने र नभए प्राप्त हुने परिणाम स्विकार गरेर अघि बढ्ने महासचिव झाको भनाई छ । आजको छलफलमा राजपाका नेताहरुले मधेश आन्दोलनमा मारिएकालाई शहिद घोषणा, घाइतेको क्षतिपूर्ती, जेलमा रहेका कार्यकर्ताको मुद्दा फिर्तालगायतका निर्णय मन्त्रीपरिषद्बाट तत्काल गर्न पनि सरकारको ध्यानाकर्षण गराउनेछन् ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...