विद्यार्थीहरुको चौतर्फि विकासमा समर्पित छ पायोनियर: प्रिन्सिपल श्रेष्ठ (भिडियो)

२०७४ बैशाख १४ गते २२:३८ मा प्रकाशित


काठमाडौँ । नयाँ शैक्षिक सत्रको सुरुवाती भएसंगै विद्यालयहरुले विद्यार्थी केन्द्रित गतिविधिहरुलाई प्रभावकारी हुने गरी विभिन्न माध्यमहरुबाट विद्यार्थीहरुको पहुँचमा पुगेरहेका हुन्छन् भने विद्यार्थीहरु पनि कुन स्कुल पढ्ने ?, कसरी स्कुल छान्ने ? भन्ने विषयको जानकारी लिन चाहन्छन् ।
सोही कुराको जानकारी गराउँनका लागि केटिएम खबरले विभिन्न शैक्षिक संस्थाको जानकारी दिने हेतुका साथ विभिन्न स्कुलका प्रिन्सिपलहरुसंग स्कुल विशेष भिडियो सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले कपन, हेण्डबल ग्राउण्डसंगै रहेको पायोनियर पब्लिक स्कुलका फाउण्डर/प्रिन्सिपल राजन श्रेष्ठसंग विशेष भिडियो सम्वाद गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

rajan shrestha
नयाँ शैक्षिक सत्रको सुरुवातसंगै यत्ति बेलाको व्यस्तता कस्तो छ ?

व्यस्तता बढेको नै छ । हुनत शैक्षिक सत्र २०७३ अन्त्य भएर २०७४ को सुरुवात भईसकेको छ । चैत, बैशाख, जेठ अझ विशेष रहन्छ । त्यो हिसाबले स्कुलको प्लान र पोलिसि बनाउँने, अरेन्जमेन्ट देखि लिएर स्कुलका अन्य गतिविधिहरुमा पनि व्यस्त रहेको अवस्था छ ।
पायोनियरको हकमा २०७३ सालको शैक्षिक सत्र कस्तो रह्यो ?
२०७३ लाई फर्केर हेर्दा पायोनियरको उपलब्धिलाई हेर्दा एक दम सह्रानिय र सन्तोष जनक नै रह्यो र यस अनुसार नै हामी अगाडी बढिरहेका छौँ । हामी बोर्ड मिटिङ्ग पनि केहि दिन अगाडी भएको थियो । बोर्ड मिटिङ्गमा पनि हामीले समिक्षा गर्दा धेरै बर्ष देखि गर्न नसकेका कामहरु स्वत–स्फुर्त रुपमा २०७३ सालमा गर्न सकेका छौँ । २०७३ मा हामी जुन फाउण्डेसन बनाएर गएका छौँ । त्यसले गर्दा नै एउटा छोटो समयमा नै पायोनियर यो कपन भेग भरिको ठुला कहलिने विद्यालयहरुसंग दाज्न थालि सकिएको छ र उनीहरुको लेभलमा जानका लागि हामीले जुन गृह कार्य गरिरहेका छौँ । त्यो राम्रो पनि भईरहेको छ ।
एकेडेमिक पार्टमा पनि हामीले राम्रो नै गरिरहेका छौँ र राम्रो भइरहेको छ ।
विद्यार्थीहरुले २०७३ सालमा गरेका गतिविधिहरुलाई आत्मसाथ गर्दै हामी २०७४ साललाई अझ प्रभावकारी हुने गरी काम गरिरहेका छौँ ।
पायोनियर कस्तो विद्यालय हो ?, कस्ता विद्यार्थीलाई समेट्दै आईरहेको छ ?
पायोनियरको इतिहास पुरानो भईसकेको छ । १९औँ अभिभावक दिवस तथा वार्षिक उत्सब हामीले चैत २६ मा मनाउँन सफल भएका छौँ ।
पायोनियरले १९ वर्षको इतिहास बाकेको छ । यहाँका न्युन स्तरका व्यक्तिहरुलाई पनि समेट्दै पायोनियर स्थापित भएको हो । यो हिसाबले पायोनियरले आफ्ना उत्पादनहरु देखाउँदै आफ्नो पहिचान बनाइ सकेको छ ।
स्कुलको सुरुवात देखि हामी थिएनौँ, हामी भन्दा अग्रज व्यक्तिहरु हुनुहुन्थ्यो । विचमा विभिन्न पुजारीहरु फेरिने काम भए तर शिक्षाको मन्दिर त एउटै नै हो । यसमा हामी पनि अहिले एउटा पुजारीको रुपमा जोडिन आएका छौँ ।
अहिले चाही हामीले यसले २५ वर्ष मनाउँदा हाम्रो स्कुलको आफ्नै भवन, प्लस टु पनि ल्यैजाने गरी हामीले योजना बनाएर अगाडी बढेका छौँ ।
अबका दिनहरुमा अल्पकालिन र दिर्घकालिन योजना सहित हामी नीति, निर्माणलाई लिखित रुपमा नै बनाएर अगाडी बढेका छौँ । त्यसमा आर्थिक कुरालाई पनि मिलाइरहेका छौँ । कसरी स्वस्थ तवरबाट समाजमा प्रतिस्पर्धा गरेर माथि उठ्ने भन्ने कुराहरुमा सजग छौँ ।
टिमको कुरा गर्दा पायोनियरमा शिक्षक, शिक्षिका देखि अन्य कर्मचारी, यहाँको वाताबरण कस्तो छ ?
पायोनियरको हकमा यहाँ भुकम्प प्रतिरोधि भवन छ । एथेष्टा खेलकुद मैदान छ । त्यस हिसाबले पनि पायोनियरले छुट्टै पहिचान बनाएको छ । यहाँको भौतिक पुर्वाधार प्रयाप्त बनाउँनका लागि हामीले २ वर्षिय र ५ वर्षिय योजना बनाएका छौँ । त्यसै अनुरुप विद्यालयको विकासका लागि हामी लागि रहेको छौँ ।
अहिलेको कुरा गर्दा हामीले विद्यार्थीको चौतर्फि विकासमा समर्पित भएर लागि रहेका छौँ । यसले गर्दा अभिभावकहरुले पनि राम्रो छ भनेर सकारात्मक प्रतिक्रिया दिईरहनु भएको छ र अरु स्कुल भन्दा पृथक छ, राम्रो गरिरहनु भएको छ भनेर उहाँहरु भन्नु हुन्छ ।
राजन श्रेष्ठसंगको थप कुराकानी तथा भिडियो कुराकानीका लागि युटुब लिंकमा जानुहोसः 

You may also Like this

थप समाचार

नेइमारको दाबी- विश्वकपमा म फिट हुन्छु
नेइमारको दाबी- विश्वकपमा म फिट हुन्छु

ब्राजिलीयन स्टार खेलाडी नेइमारले विश्वकप फुटबलका लागि आफू फिट हुने दाबी गरेको छन्। महङ्गो मूल्यमा यसै सिजन पिएसजी गएका न ...

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...